कोरोना संक्रमणवाट पत्रकार विष्णु चौंलागाइको निधन

इनेप्लिज २०७७ कार्तिक १४ गते ४:१३ मा प्रकाशित

कोरोना संक्रमणको कारण काभ्रे पोष्ट साप्ताहिकका प्रधान सम्पादक विष्णु चौंलागाइको ५१ वर्षको उमेरमा निधन भएको छ ।

पत्रकार चौंलागाइलाई असोज २६ गते चौलागाईंमा कोरोना संक्रमण पुष्टि भएको थियो।

सुरुका केही दिन होम आइसोलेसमा वसको चौलागाइ ज्वरो बढेपछि कात्तिक १ गते उपचारार्थ ओम अस्पताल भर्ना भएका थिए । उनको नेपालको समय अनुसार विहान ४ वजे निधन भएको थियो ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिनेछ ।

पत्रकारिता सम्वद्ध संस्था तथा व्यक्तिहरुले विज्ञप्तिमार्फत स्वर्गीय चौलागाइको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया