आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०४:११
वासिङटन डिसी 17:26

कलाकार सुशिला दाहालको वोष्टनमा निधन

कृष्णराज खनाल / वोष्टन २०७७ कार्तिक १४ गते ३:२९ मा प्रकाशित


लामो समयदेखि वोस्टनमा बसोवास गर्दै आउनुभएकी कलाकार सुशीला दाहालको बिहीवार बिहान वाल्थमस्थित हस्पिस केयर सेन्टरमा निधन भएको छ ।

उहाँले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य जोडीको लालपुर्जा, चिरञ्जीवी जस्ता टेलिचलचित्रमा निकै राम्रो अभियनको भूमिका निर्वाह गर्नुभएको थियो ।
६७ वर्षीया दाहाल लामो समयदेखि पेल्भिक क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उहाँका एक छोरा र एक छोरी छन् ।

लामो समयदेखि अलग बस्नुभएका उहाँका श्रीमान् बद्री दाहालको पनि यही मंगलवार अष्ट्रेलियामा निधन भएको कुरा उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

विगत १७ वर्षदेखि वोस्टनमा बसोबास गर्दै आउनुभएकी दाहाल वोस्टन समाजमा मिलनसार र परिचित हुनुहुन्थ्यो । पारिवारिक स्रोतका अनुसार, जीवनको अन्तिम समयसम्म पनि उहाँ निकै सक्रिय र जीवनप्रति उत्साहित हुनुहुन्थ्यो ।

पारिवारिक स्रोतका अनुसार, उहाँका छोरा टेक्ससमा बसोवास गर्ने भएकोले उहाँको अन्तिम दाहसंस्कार पनि दुइ तीन दिनपछि टेक्ससमा लगेर गरिने भएको छ ।

हार्दिक श्रद्दान्जली सुशीला दिदी । वोस्टन समाजले तपाइलाइ सदा स्मरण गर्नेछ ।

(पत्रकार खनालको फेसवुकवाट)

प्रतिक्रिया