र्यापर भिटेनलाई खोज्दै प्रहरी, हेर्नुहोस कार्तिक १४ गतेका मुख्य समाचारहरु

इनेप्लिज २०७७ कार्तिक १४ गते २:०० मा प्रकाशित

याप गायक भिटेन (समीर घिसिङ) को नयाँ गीतमा पनि छाडा शब्द बोलेको पाइएपछि प्रहरीले उनको खोजी सुरु गरेको छ।प्रहरी प्रधान कार्यालयले गीत गाउने देखि भिडियो बनाउने सम्मको काममा संलग्न सबैलाई खोजी गरी अनुसन्धान गर्न साइबर ब्यूरोलाई पत्र लेखेको छ।

भिटेनले यस अघि पनि छाडा शब्द बोले पछि प्रहरीले पक्राउ गरेको थियो।त्यस क्रममा उनले अब आइन्दा त्यसो नगर्ने प्रतिबद्धता जनाए पछि छाडेपनि फेरि त्यस्तै गुनासो आएपछि अनुसन्धान गर्न लागिएको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए।प्रहरी प्रधान कार्यालयको पत्र पाएसँगै साइबर ब्यूरोले भिटेनको खोजी गरेको छ ।

भिटेनको हालै युट्युबमा सार्वजनिक ‘पारा’ शीर्षकको गीतमा उनले ‘माल’ शब्दको प्रयोग गर्नुका साथै अरु अश्लील शब्द समेत प्रयोग गरेका छन् । हेर्नुहोस कार्तिक १४ गतेका मुख्य समाचारहरु :

प्रतिक्रिया