कोरोना र गरिवीले खोसिदियो खुशीयाली :मजदुरहरु

इनेप्लिज २०७७ कार्तिक १४ गते १:३३ मा प्रकाशित

वीरेन्द्र रावल

खुटिया, कार्तिक १३ ÷तीन पुस्ताका मजदुरहरु हातमा ठेला परेको अवस्थमा पनि ग्राहकको आशमा विहान भालेको डाको संगै खुटिया खोलामा गिट्टी कुट्ने कार्यमा व्यस्त देखिन्छन्।

उमेरले ६६ पार गरेकी खीमा बोहरा छोरा बुहारीको सख सयलमा बस्नु पर्ने बुढो उमेरमा पेटको जोहो चलाउनकै लागि खुटिया खोलाका गिट्टी संग संघर्ष गरिरहेकी छिन्।

बुढेसकालमा नत पोषण युक्त खानेकुरानै खान पाईन्छ नत आराम गरेर छमोरा बुहारीको लालन पालनमा बस्न सकिएको छ भन्छिन्–बृद्धा खिमा देवी बोहरा।विपन्न र गरिव परिवारकी आफुले जीवनको अन्तिम प्रहरमा पनि खुशी र सुख शान्ति कस्तो हुन्छ भन्ने कुराको अनुभूति नगरेरै जानु पर्ने अवस्थाका बारेमा बेलि विस्तार लगाउँछिन् खिमा।के गर्ने बाबु कर्ममा यस्तै छ।हामी जस्ता गरिवका लागि चाडबाड तिहार के हो केही अत्तोपत्तोनै हुँदैन।

उनले निधारमा हात तेस्र्याउँदै भनिन–दशै,तिहार र चाडबाड हाम्रा लागि आकाशको फल आखा तरी मर भने जस्तै हो।लक डाउनको अवधीमा बुढो हड्डी खियाएर थुपारेको गिट्टी समेत बिक्री नभएका कारण दशैंका बेलामा मिठो खाने चाहना भने केवल सपनामै परिणत हुने भएको छ–खिमाले दुःखेसो पोखिन।

लक डाउनको समयमा पनि पेटको जोहोका लागि विहान भालेको डाको संगै साँझ सूर्यास्त नहोउन्झेल सम्म कुटिएका गिट्टी समेत बिक्री नभएका कारण यसपालीको बडा दशैंपनि खल्लो भएर जाने दुःखेसो पोख्छिन्–बृद्धा खिमा बोहरा ।कोरोना कहर संगै लक डाउनका कारण शैक्षिक संस्थाहरु बन्द भएका कारण बिद्यालय नखुलेको मौकामा बृद्धा खिमा जस्तै १२ बर्षिया बालिका सानु साउद पनि विहान आमा बुवा संगै खुटिया खोलामा गएर कलिला हातहरु कठिन कार्यमा प्रयोग गर्न बिबश छिन्।

आमा बु्वाको कर कापले मात्र नभई बिद्यालय खुलेपछि कापी किताव र स्कुल पोशाकका लागि गिट्टी कुट्न थालेको बताउँछिन बालिका सानु साउद।
लक डाउनको ५ महिना देखि निरन्तर रुपले आमा बुवा संगै खुटिया खोलामा गिट्टी कुट्दै आएको बताउने सानु आफुले गरेको मिहेनतको प्रतिफल नपाएकोमा खिन्ता व्यक्त गर्दछीन।उनले भनिन –मैले कुटेको गिट्टी बिक्रीनै भएको छैन । खोई साहुले कहिले किन्ने हो।किनेको भए त्यसबाट आएको पैसाले कपडा र किताव किन्ने थिए । सानु राष्ट्रिय मावि बल्मीमा कक्षा ६ मा अध्धयन गर्ने गर्दछिन।

यस्तै आफ्नो बुवा संगै नियमित रुपले खुटिया खोलामा गिट्टी कुट्ने गर्छिन राष्ट्रिय मावि बल्मीमा कक्षा ४ मा अध्ययन गर्ने बालिका कञ्चन साउद।कञ्चन आफ्ना बुवा राजु साउद संगै साँझ विहान गिट्टी कुट्ने व्यवसाय गर्दै आईरहेको राजुले बताए।उनले भने )बालबालिकाको बिद्यालय बन्द छ।बिद्यालय बन्द भएका कारण पढाई नहुने त्यसै बस्नु भन्दा छोरीले पनि आफ्नो पढाई खर्च निकाल्न सकोस् भन्नका लागि आफुसंगै गिट्टी क्ुटने गरेको बताउँछन् –राजु साउद।लक डाउनका कारण गिट्टी बिक्री नहुँदा निकै समस्या भएको र रिण काडेर घर खर्च चलाउनु परिरहेको अवस्थमा त्यसैमा बडा दशैं र तिहार आई दिदा चाड मनाउन निकै कठिन अवस्था सृजना भएकोृ बताउँछन्–राजु।उनले भने यसपालिको दशैं पनि साहुले रिण दिए भने मनाईने हो नत्र भने दशैं गरिवहरुका लागि दशा बनेर जाने निश्चित छ।

खुटिया खोलामा दैनिक १ सयको संख्यामा महिला पुरुषहरुले गिट्टी कुट्दै त्यसबाट प्राप्त हुने रकमबाट घरखर्चको जोहो गर्ने गरेको भएपनि लक डाउन र त्यसपछिको आर्थिक मन्दिका कारण गिट्टी पनि बिक्री नहुँदा पेट गुजाराका लागि निकै समस्या भएको अधिकाँशको गुनासो रहेको छ।

प्रतिक्रिया