भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्ष,नक्कली बावु र नागरिकता लिने भारतीय पक्राउ

इनेप्लिज २०७७ कार्तिक १४ गते १:१४ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी,कार्तिक १३÷ भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने योजनामा संलग्न धनगढी उपमहानगरपालिका वडानम्बर १२ का वडाअध्यक्ष,नक्कली बाबु सहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

भारतको उत्तरप्रदेश घर भएका आलियास अन्सारीले धनगढी उपमहानगरपालिका वडानम्बर १२ स्थित हिम्मतपुर शिविरका पुनीराम चौधरीलाई बुवा बनाएर २०७५ सालमा वडाअध्यक्ष गणेश प्रसाद जोशीको सिफारिसमा जिल्ला प्रशासन कार्यालय कैलाली बाट नेपाली नागरिकता लिएका थिए।

भारतीय नागरिकलाई वंशजको नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने वडाअध्यक्ष गणेश प्रसाद जोशी,अनिस चौधरीको नाम बाट नेपाली नागरिकता लिने आलियास अन्सारी र बाबु बनेर नागरिकता दिलाउन सघाउने पुनिराम चौधरी लगायतका तीनै जनालाई प्रहरीले सोमबार पक्राउ गरि आवश्यक कारवाहीका लागि प्रहरी हिरासतमा राखेको कुरा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिएका छन्।

विदेशी नागरिकलाई झुट्ठो विवरण दिएर नेपाली नागरिकताको सिफारिस दिने व्यक्तिलाई ६ महिना देखि ३ बर्ष र २५ हजार देखि ५० हजार सम्म जरिवानाको व्यवस्था रहेको पनि प्रहरी नायव उपरीक्षक बिष्टले जानकारी दिएका छन्।

नेपाली नागरिकता ऐन २०६३ को दफा २१को उपदफा १ बमोजिम विदेशी नागरिकलार्य १ बर्ष देखि ५ बर्ष सम्म कैद र ५० देखि १ लाख सम्म जरिवानाको व्यवस्था रहेको पनि प्रहरी नायव उपरीक्षक बिष्टले बताएका छन्।कैलाली जिल्लाका विभिन्न स्थानमा रहेका कतिपय भारतीय नागरिकहरुले विभिन्न व्यक्तिहरुबाट बंसजको आधारमा सहजै नेपाली नागरिकता प्राप्त गर्ने गरेका उदाहरणहरु यस घटनाबाट पनि सहजै लिन सकिने कुरा धनगढी उपमहानगरपालिका वडानम्बर १२ स्थित हिम्मतपुरका ठाँडारानाले बताए।

वडाअध्यक्ष गणेशप्रसाद जोशी र पुनीराम चौधरीले भारतीइ नागरिकबाट नेपाली नागरिकता प्रदान गर्ने योजनामा ठूलो रकम हात पारेको हुन सक्ने बताइएको छ ।तीनै जनामाथी थप अनुसन्धान भैरहेको कुरा प्रहरीले जनाएको छ।

प्रतिक्रिया