आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०५:०५
वासिङटन डिसी 18:20

नेपालमा एकैदिनमा २३६४ जना कोरोनाबाट संक्रमित

इनेप्लिज २०७७ कार्तिक १३ गते १०:५० मा प्रकाशित

नेपालमा एकैदिनमा २ हजार ३ सय ६४ जना कोरोनाबाट संक्रमित भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ३ हजार ३८ संक्रमणमुक्त भएको जनाएको छ ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९ हजार ७ सय ६९ जनाको पीसीआर परीक्षण भएको छ यस सँगै हालसम्म पीसीआर परीक्षण संख्या १४ लाख १९ हजार ६४ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर कुल १ लाख ६४ हजार ७ सय १८ जना संक्रमित रहेकोमा १ लाख २४ हजार ८ सय ६२ जना निको भएका छन् । हाल देशभर ३८ हजार ९ सय ५२ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ९०४ पुगेको हो ।

प्रतिक्रिया