फ्रान्समा एक महिनाका लागि बन्दाबन्दी शुरु हुदै

रंजित भट्ट २०७७ कार्तिक १३ गते ०:४७ मा प्रकाशित

फ्रान्स । एक महिनाका लागि फ्रान्समा बन्दाबन्दी शुरु हुने भएको छ । भोली मध्यरातबाट कम्तिमा एक महिनाको लागि बन्दाबन्दी गर्ने भएको हो ।

राष्ट्रपतिका अनुसार नोभेम्बरको मध्य सम्ममा करिव नौ हजार कोरोना संक्रमितहरु अस्पताल भर्ना हुनेछन्। फ्रान्सको ईमरजेन्सी सर्भिसमा क्षमता बढीमा सात हजार छ ।

एक क्षेत्रका विरामी अर्को क्षेत्रमा पुर्याएर उपचार गर्न असंभव किन छ भने कोरोना भाईरस फ्रान्सभरी मात्र होईन यूरोपभरी नै छ । यो पटकको बन्दाबन्दी जबरजस्ती लागू गरिएको राष्ट्रपतिको भनाई छ ।

६ नोभेम्बरकै दिन ९८ प्रतिशत आकस्मिक कक्षका शैयाहरु कोभिड संक्रमित ले ढाकिने छन् । त्यसपछि अरु रोगका लागि प्रयोग भैरहेका शैयाहरु प्रयोगमा आउनेछन् ।

अहिले सम्म फ्रान्समा दैनिक ५० हजार संक्रमित भैरहेका छन् । आजबाट एक क्षेत्रका बिरामी अरु क्षेत्रमा ट्रान्सफर गर्न थालिएको छ । अघिल्लो पटकको भन्दा यो पटकको कोभिड संक्रमण अझै घातक रहेको राष्ट्रपतिको भनाई छ ।

स्कूल र प्लस टु हरु खुलै हुने छन् । पहिलो आबस्यकता बाहेकका अरु पसलहरु बन्द हुनेछन् । खाधन्य आकस्मिक सेवा र सरकारी कार्यालहरु भने खुला रहनेछन् ।

प्रतिक्रिया