आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०४:५२
वासिङटन डिसी 18:07

ऊन्ले सोधे तपाई नै विनोद रोका हो ? विनोद रोका, न्युर्योक

इनेप्लिज २०७७ कार्तिक १३ गते ०:५७ मा प्रकाशित

ऊन्ले फेरी मलाई सोधे तपाईनै विनोद रोका हो ? मैले उन्लाई भने भने हजुर, हो। एकजना पुरुष र एक जना महिला मेरो ल अफिसमा ईमिग्रेशनको काम लिएर आऊनु भो। कोरोनाको कहरका बिचमा पनि जरुरी कामका लागि ल अफिस खोल्नु पर्ने बाध्यता छ। सिमित रुपबाट ईमिग्रेशन र अदालतका कामहरु टेलिफोन र ईन्टरटेटबाट भै रहेका छन। न्युर्योकमा सुरुमा जस्तो कोरोनाको महामारी छैन। विशेषत नेपाली समुदायका मानीसहरुले बचाऊका उपायहरु अपनाऊने गरेका हुदा यो रोगबाट कम प्रभावित भएका छन।

यी नव आगन्तुकहरु मेरो नया क्लाईन्ट थिए। यीनीहरुलाई मेरा अर्का क्लाईन्ट शेर्पा भाईले सिफारिश गरेका रहेछन। पेशामा लामो समयसम्म उठबस हुदा यो परदेशमा क्लाईन्टहरु संग पनि दाजुभाई, दिदी बहिनी र आफन्तीको जस्तै सम्वन्ध गासिदो रहेछ। शेर्पा भाई संग पनि यस्तै नजीकको सम्वन्ध छ। हामी एक अर्कालाई माया र बिश्वास गर्दछौ। र एक अर्कामा राम्रा गुणहरु नै देख्दछौ। त्यसैले आऊनु भन्दा अगाडीनै मलाई फोन गरेर शेर्पा भाईको रेफरेन्स दिएका थिए। उन्ले भन्थे “ मेरो वकिल त अर्कै हो तर शेर्पाजीले तपाई एकदम राम्रो हुनुहुन्छ। सबै काम आफैले हेरि दिनु हुन्छ। खोजेका बेलामा भेटन र बोल्न पाईन्छ भन्नु भएकाले आऊन लागेको।” मैले सुरुमा त यो कोरोना साम्य भए पछि आऊनुस न भने। तर ऊन्ले मानेनन। अनि मैले पनि नाई भन्न सकिन। शेर्पा भाईले मेरो लागि व्यक्त गरेको विश्वास लाई मैले उन्का लागि मात्रै भए पनि कायमै राख्नु थियो। जिवनको मोडहरुमा बिरलै मात्र यस्ता सज्जन र हितैसि मान्छेहरु पाईन्छ जस्ले अरुमा केही राम्रा गुणहरु देख्छ।

मैले उहाहरुसंग पटक पटक फोनमा कुरा गरे। मैले फोन र ईमेलबाटै ईमिग्रेशनका लागि चाहिने धेरै जसो जानकारी लिए। जस्ले गर्दा प्रत्यक्ष सम्पर्कको समय छोटो होस। अनि बाकी काम पुरा गर्न फोटो लिएर अफिसमा बोलाएको थिए। हामी बिचमा सामाजिक दुरी कायम थियो तर माक्स भने तगाएका थिएनौ। ल अफिसमा म र उनीहरु दुईजना मात्रै थियौ। गर्नु पर्ने वाकी काम पनि म आफैले गरे। काममा कुनै सहायक थिएनन। किनकि कोरोनाको समयमा काममा पाऊने तलब भन्दा सरकारले दिने बेरोजगार भत्तानै बढी र सुरक्षित छ।

मैले काम सके। तयार भएका फार्महरुमा सही गर्न लगाए। र आफुले पनि सही गरे। अनि मैले उहाहरुलाई तपाईको कागज भोली हुलाकबाट ईमिग्रेशन अफिसमा पठाऊछु।अब जानुहोस।अनि शेर्पाभाई लाई पनि मैले धेरै सम्झिएको छु भन्दीनुस है भने। जानु भन्दा अगाडी मलाई उन्ले अनुहारमा हेर्दै फेरी सोधे “ तपाईनै विनोद रोका हो”? मैले मुस्कुराउदै भने। हजुर हो। उनीहरु मेरो ल अफिसबाट म विनोद रोका हो कि होईन? दोधारमा पर्दै बाहिर निस्कीए। किनकि उनीहरुले सुने र सोचे जस्तो बिनोद रोका म सायद थिईन।

अनि मैले यो घटना शेर्पा भाईलाई फोन बाट सुनाए। उन्लाई जिस्कीदै भने भाई तिमिले मलाई कसरी चिनायौ तिमिले पठाएकोले मान्छेले त काम गरि सके पछि पनि मलाई विनोद रोका हो भनेर विश्वासै गरेनन। अब देखि यस्तो भ्रम पर्ने गरी अरुलाई मेरो परिचय नदेऊ है। मेरो कुरा सुनेर शेर्पा भाई धित मारेर हासे। र भने दाई कहिले काहि यस्तो रमाईलो घटना घटछ। र यस्ले फाईदा पनि गर्छ। अनि उन्ले आफुलाई नेपालमा हुदा माओबादीहरु संग भएको घटना स्मरण गराए। ऊन्ले भने दाई म एऊटा रिर्सोट चलाएर बस्थे। माओबादीहरु अग्रिम सुचना दिएर चन्दा माग्न रिसोर्टमा आएका थिए। म त्यसबेला सफाईको काम गरि रहेको थिए। मलाई सोधे तिमि काम गर्ने मान्छे हो ? मैले हो भने। अनि मलाई माओबादीहरुले भने यो रिसोर्टको मालिक फलानो कहा छ बोला त मैले भने मलाई थाहा भएन हजुर। म त काम गर्ने मान्छे हो।अनि ती माओबादीहरुले भने मालिक आए पछि हामी आएका थियौ भनि दिनु है भन्दै चन्दाको चिठृी थमाएर गए।

यस्तै यस्तै घटनाहरु म संग पहिला पनि घटेका थिए। अनि मैले एउटा गीत लेखेको थिए। म त खाली थिए कसैले नाम लेख्यौ। त्यही नामले मलाई छेक्यो। आदि। र त्यो गीतलाई जानी नजानी आफैले गाएर मोबाईलको भ्वाईस मेमोमा रेकर्ड गरे। त्यो रेकर्ड मेरा ध्यान बन्धु एवं आईटी प्रोफेशनल आभाष पोखरेललाई दिए। उन्ले केही दृष्यहरुको संयोजन गरी दिए।अनि मैले आफनो सोख मेटाऊन यु ट्युबमा अपलोड गरे।

 

प्रतिक्रिया