शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं २२:२८
वासिङटन डिसी 11:43

व्यंग्य कथा : “डाङ्ग डुङ्ग मन्त्री”

दीपक पन्त २०७७ कार्तिक १२ गते २२:०१ मा प्रकाशित

फोनको मेसेज घन्टी ट्यु ट्यु आइ रह्यो । मेरो पुरानो मित्रले कसैको ट्युट शेयर गरेका रहेछन । शीर्षक थियो “ डाङ्ग डुङ्ग मन्त्री”

तातो कफीको स्वाद लिदै म ट्विट पढ्न थाले ।

हो ,हो ठीक प्रस्ताब ल्याउनु भो मन्त्रीज्यू ! त्यसै गरौ | प्रधानमन्त्रीले सहजै उक्त प्रस्ताब पास गरे । प्रस्ताब थियो “डाङ्ग डुङ्ग मन्त्रालय ” थप्ने र कर्नेल घर्तीलाई नयाँ मन्त्री बनाउने । नाम अनुसारको पहिचान भने थिएन , कर्नेलको । ऊ न त ,कुनै फौजी को कर्नेल थियो । न कुनै कर्नेलको खलक थियो । थियो त् केवल त नाम मात्रको कर्नेल ! शुद्ध सिधा सादा मगरको छोरो । कर्नेल घर्तीमगर ।

तर लामो द्वन्दमा एक निर्भिक सिपाही बनेर आफ्नो नेताको अंग रक्षकको जिम्मेबारी भने पूर्णकौशलता पूर्वक उसले निभाएको थियो । विपक्षीका नजर हुन् वा बम बारुदका छर्रा । कसरी ? आफ्नो नेताको संरक्षण गर्नु पर्दछ भन्ने कुरा भने राम्रो हेक्का थियो उसलाई ।

अन्कन्याउँदै उप प्रधानमन्त्रीले सोधे । हैन हजुर ! यो डाङ्ग डुङ्ग मन्त्रालय किन थप्नु पर्यो र हजुर ?

चस्माको डाँठ मिलाउंदै प्रधान मन्त्री ले थपे , “ तपाइँलाई थाह छैन कि क्या हो ? यो सरकारको घेराबन्दी !

“ भित्र /बाहिर, स्वदेशी /बिदेशी ,प्रतिगमनकारी /उग्र -अग्रगामी जताततैबाट भएन भनेर आफ्नै पार्टी भित्रबाट पनि कति कति ? कति लड्नु ? कति चिच्याउनु ? अब जे गर्छ ,यसैले गर्छ ।

यो सुचना विधेकबाट मात्र बजारको मुख टाल्न सकिएला जस्तो छैन । सित्ति नामका युटुबे विश्लेषक छन् | बर्गेत्ति संचालक छन् । प्राइभेट पत्रिका /टिभी /कत्ति कत्ति ?? त्यस माथि यो सोसल मिडिया भनाउँदो फेसबुक/ इस्टाग्राम / टुइटर /स्काइप /भाइभर / मेसेन्जर / कति कति ?? हरेक हुने नहुने कुरा छिन् मै भाइरल।

अबको बिकल्प भनेको डाङ्ग डुङ्ग मन्त्रालय नै हो । सारा आवाजहरुको न्याय दिने ।

हो ,मा हो मिलाए सबैले । कर्नेल घर्ती नयाँ मन्त्री थपिने निर्णयको अनुमोदन गरे ।

मिटिंग सकियो | तर एक जना मन्त्रीज्यूको उत्सुकता सकिएन । हैन ,त्यत्रो रस्साकस्सीबाट आएको बिधेयकले पनि काम गर्न नसक्ने होला त् ? किन थप्नु पर्या होला ? एउटै प्रकृतिका मन्त्रालय ? मिल्ने सहपाठीसँग गुनासो गरे ।

हैन ,त्यो त्यति ब्यबहारिक देखिएन । किनकि धर्तीको कुन कुनामा बसेर फेसबुक चलाउछ । ट्वीट गर्छ ? काँ गएर कारबाही गर्नु ? पछि लाग्नु ? यो झन्जटिलो र अव्यवहारिक लाग्यो । त्यसैले झटकाम फटाफट ।

यो सरकारको घेराबन्दी ! बिरोध सुन्ने /सहने करेक्सन गर्ने आफ्नो बानी छैन । फेरि यो मिलिजुली सरकार हो र ? यो त क्या, दुइ /दुइ तिहाइ को पो त् सरकार हो नि ! पिएम सँग को अलि सामिप्यता मन्त्रीले प्रस्ट्याए ।

उता नयाँ मन्त्री थपिए यता मेरो चिन्ता बढ्यो । हैन ,यी झरीको च्याउ जस्तै उम्रेका युट्युबरहरुको हालत के होला ? अब यिनको जिम्मा नयाँ थपिएको डांगडुंग मन्त्रालयले नै लिने होला क्यारे ? मनमनै प्रस्न तेर्सियो ?

अनि युट्युबमा आफ्ना गर्जनहरु राख्दै पुन्य कमाई रहेका पुन्यहरु , हुन् या सुरेन्द्रको पाला देखि ज्ञानेन्द्रको पाला सम्मको इतिहासका ज्यूँदो साक्षीका रुपमा दावागर्ने डा. सुरेंद्रहरु वा भनौ आफ्नै बिबेकको मुकुण्डो लगाएर कुर्लिने मुकुन्देहरु वा जनयुद्धको अनुभवका संगालो संगै भित्रि पर्दाका पर्दाफास गर्ने भरत हरु ,वा कैद भुक्तान गरे पछि पनि उदाउन नसकेका प्रेम – कैदीहरु । यूवा र भ्रस्टाचार पर्याबाची आवाज उठाउने शाहीहरु वा आफनै बिस्लेशण महारथीको दावा गर्ने आङ्काजी देखि अर्जुन ज्ञावलीहरू !

के हुन ? के यिनीहरु ,स्वतन्त्र रुपमा नै ,बोलेका होलान त् ? वा कसैको बन्दुकको कभरमा कुर्लिरहेका छन् त् दिनहुँ ?

सिण्डिगेट देखि ३३ किलो सुन सम्म । वाइल्ड बडी देखि रबि सम्म । बालुवाटार देखी सल्यानटारसम्म । उप निर्बाचन देखी सभामुख सम्म । राजदूत देखी भिजिट नेपालको घान्चुक सम्म कुर्लि रहेकाछन् ।

केसी देखि तुम्बाहाम्पे सम्म औला उठाई रहेका छन । कालापानी देखि नाला पानीसम्म । यो भिडमा एक जमानाका राज्य सत्ताका राम्रै बागडोर समातेका व्यक्ति भीमकाय गर्जन गरि खबरदारी गरिरहेका छन् । तर उनको गर्जनलाई महाकाय भीम होइन नकुल -सहदेंब जत्तिको पनि गणना गरिएको पाइदैन ।

कहिलेकाही लाग्छ । यी र यस्तै आवाजहरु, साच्ची नै मनन योग्य लाग्छ । यो खबरदारी ना जवाफ छ । जसले ,जहाँ ,जसरी गरेपनि त्यो अदम्य साहस मान्नै पर्दछ । तर कहिले काही शंकाको घेराले सताउछ । खोलाको गिट्टी झिक्ने निहुँमा ज्यान लिन सक्ने अपराधीहरु । निर्मलाका आलो रगतमा होली खेल्नेहरु भएको ठाँउमा यो अदम्य साहासका व्यक्तिहरुको नक्शल सम्बन्ध कहाँ छ ? के एक स्वतन्त्र व्यक्ति खुल्ला त्यति प्रस्ट बोल्न सक्छ ? बिस्वास लाग्दैन मलाई ।

पटक पटक जनताबाट अनुमोदन भएका पशुपति प्रसादहरुको काभ्रे सदर मुकाम बनाउन नसक्दाको रोधन फेसबुकमा पोखिएको देख्दा अचम्म लाग्छ ।

एकै बिषय बस्तुको बहसमा पनि दुइ / तिन धार देख्दा सतही जनताले कुन सत्य हो ? भनि बुज्नी ?

एकै पार्टीका नेताहरुको बिचार हेर्नुस त् ?

चाहे त्यो ,एमसीसी हो या राजधानी ?

नागरिकता हो वा सुनखानी ?

हुँदा हुँदा सभामुख पूर्ति समेत बिबाद रहित बनेन । विपक्षीलाई संधै उर्जावान बनाउने गगन हुन् वागं नगने ? उनलाई कहिले काँही लाग्दो हो । कति गनगन गर्नु ? बरु त्यो बेलामा त् भन्न पाइथ्यो । कमरेड ,बाहिरवाट जस्तो असजिलो लागेन वा भनौ मैले कन्भिन्स गरे । यो स्वास्थ विधेक स्वीकृतिका लागि ।

तर खै अझै डा. केसीहरु अनसनको लागि माघको जाडो कुरी रहेछन । उनलाई थकाउन सरकारका अलावा पिजडा नजिक नजिक पुगी सकेका शेरका आफ्नै मण्डलीहरु देखिन्छ भनेबनबास जान ठिक्क परेका रामचन्द्रहरु मौकाको चौकामा कुरी रहेका छन् ।

शुन्य बिपक्षी को नारा लगाउन पाइने आसमा उद्दार गरिएका शान्ताहरुको धेरा बन्दी अचम्म लाग्दो देखिन्छ । भलै यूवा जमातको आश अझै घटेको देखिदैन । युगका गेस पेपर बन्ने आस गरिएका योगेश देखि अन्तिम सास सम्म आस गरिएका भुसाल हरुको थपडिमा थपिएको नयाँ मन्त्रालय र नयाँ मन्त्री कर्नेललाई बधाई दिन फेसबुक खोले ।

नजिक ,नजिक पुगी पानाहरु पल्टाएँ । कान्तिपुर एप खोले करेन्ट हाइ लाइट हेरे । तर मन्त्री कर्नेल थपिएको समाचार कतै देखिएन ।

बधाई आर्टिकल ,त्यो त कसैको ब्यगात्मक टुईट पो रहेछ । हेरौ धर्तिको कुन कुनामा बसेर कुनमोरा या मोरीले टुईट गरि त्यस्तो । जसको उभारमा देशै हल्लियछ । टुईट को शिर्षक थियो “डाङ्ग डुङ्ग मन्त्रालयमा नयाँ मन्त्री “

हेरौ साइबर अपराधमा अब को को फस्ने हो !

श्री पशुपतिनाथ को जय !

दीपक पन्त

मिल्वाकी , अमेरिका

प्रतिक्रिया