प्रमोद खरेल र अन्तरा उपाध्यायको ‘निरमाया ‘ …छिट्टै बजारमा आउदै

इनेप्लिज २०७७ कार्तिक १२ गते २१:५२ मा प्रकाशित

तुंग नेपालले पछिल्लो समयमा आफ्नै रचना तथा संगीतमा भारत तथा अमेरिकामा रेकर्ड गरी नेपालमा संपादन गरिएको ‘माया कस्तो लाएँ …भन्ने बोलको गीत युटुयब मा सार्वजनिक गरेका थिए – जसमा स्वर रहेको थियो गुंजन उपाध्यायको।देश विदेशका धेरै संगीत प्रेमीहरुले रुचाएको सो गीत पछी उनको अर्को नया ‘ निरमाया ‘ भन्ने डान्सिंग नम्बर छिट्टै बजारमा आउने तरखरमा छ ।

यस म्युजिक भिडियो लाई NepSisters भन्ने  युटुयब च्यानल मार्फत आगामी नोभेम्बर ६ शुक्रवार बेलुका ५ :० ० बजे नेपाल बाट सार्वजनिक गर्न लागिएको छ।यस गीतमा स्वर रहेको छ – प्रमोद खरेल र अन्तरा उपाध्यायको।उक्त भिडियोको निर्देशन निकेश खड्काले गरेका छन् भने पुष्प खड्का र गरीमा शर्मा को नृत्याभिनय रहेको छ।

NepSisters मा आउन लागेको यस प्रस्तुति लाई सक्दो लाइक ,कमेन्ट र सब्सक्राइब गर्न अनुरोध गरेका गीतकार/संगीतकार तथा गायक तुंगनाथ अब विभिन्न विधाका संगीत लिएर निरन्तर दर्शक /श्रोता माझ आउने जमर्कोमा छन् ।

 

प्रतिक्रिया