आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०३:५३
वासिङटन डिसी 17:08

अमेरिकामा पुन:कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि ;एकैदिन ७३ हजार संक्रमित/९८५ जनाको मृत्यु

इनेप्लिज २०७७ कार्तिक १२ गते १०:३२ मा प्रकाशित

अमेरिकामा पुन: कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भएको छ । एकैदिनमा कोरोनाबाट संक्रमित हुनेको संख्या ७३ हजार २ सय ४० पुगेको छ ।

नयाँ कोरोना भाइरसबाट ९ सय ८५ जनाको मृत्यु भएको जोन्स हप्किन्स बिश्वबिद्यालयले उल्लेख गरेको छ ।

उक्त तथ्यांक गत मंगलबार अक्टोबर २७ का दिन २४ घण्टामा लिइएको हो ।

अमेरिकामा हाल सम्म २ लाख ३१ हजार ९३ को मृत्यु भएको छ भने ८९ लाख ४८ हजार मानिसहरु संक्रमित भएका छन् । अहिले सम्म करिव ३६ लाख ९ हजार निको भै सकेका छन् ।

श्रोत :जोन्स हप्किन्स बिश्वबिद्यालय/सिएनएन

प्रतिक्रिया