आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०५:१०
वासिङटन डिसी 18:25

मेलानिया ट्रम्पको ध्यान कोभिडमा,डेमोक्र्याटलाई प्रहार

इनेप्लिज २०७७ कार्तिक १२ गते ०:२५ मा प्रकाशित

अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प एकल रुपमा चुनाव प्रचार प्रसारमा पेन्सेलभेनिया पुगी डेमोक्र्याटलाई बाघे झप्पु हानेकी छिन। तथापी उनको ध्यान भने कोभिड-१९ कै सेरोफेरोमा रहेको देखियो ।

महामारीलाई राजनीतिकरण गरेको आरोप लगाउदै डेमोक्र्याको निन्दा गरिन । मेलानियाले डेमोक्र्याटिक (प्रजातान्त्रिक)का राष्ट्रपति पदका उम्मेद्वार जो बाइडेनलाई कोरोनाभाइरसको बिषयमा सिधा हमला गरिन ।

उनले अगाडी भनिन उनले राम्रो काम गर्न सक्थे । ठीक छ,जो बाइडेन कंग्रेसमा ३६ बर्ष र ८ वर्षको उपराष्ट्रपति पदमा बसे । त्यो समयमा अमेरिकी जनताका लागि केही गर्न सक्थे भन्दै काम नगरेको आरोप लगाइन ।

प्रथम महिलाले भाइरससँगको परिवारको संघर्षको बारेमा कुरा गरिन । “तपाईहरु मध्ये धेरैले जस्तै मैले पनि कोविड -१९ को प्रत्यक्ष प्रभावको अनुभव गरें – न केवल बिरामीको रूपमा – बरु चिन्तित आमा र पत्नीको रूपमा उनले भनिन ।

मलाई थाहा छ यहाँ धेरै व्यक्तिहरु छन् जसले आफ्नो प्रियजन गुमाएका छन । यो मौन शत्रुले सँधै प्रभाव पारेको छ, “मेलानिया ट्रम्पले पेन्सल्भेनियामा भनिन ।

श्रोत :सिएनएन ,तस्बिर :फक्स न्युज

प्रतिक्रिया