गाउँघरमा दशैंको रौनक नै आएन

केशव अधिकारी २०७७ कार्तिक ११ गते १३:१० मा प्रकाशित

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस ९ कोविड १९० को कारण यति बेला विश्वनै संकटसंग ज्ुधिरहेको छ । कोरोना कहरैका बिचमा नेपालीहरुको महान पर्व दशैं पर्ब आयो तर खासै रोनक आएन । अघिल्ला बर्षबेला यति बेला शहरवजार छाडेर गाउँघर जानेको भिड लाग्ने गर्दथ्यो । तर यो बर्ष नत शहरवजारमा कुनै भिड छ न त गाउँघरमा चहल पहलनै ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाका कारण मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा जान डराईरहेका छन् । नचिनेका मान्छेसंग मात्रै होइन घर परिवारका सदस्य र आफन्त संग पनि डराउनु पर्ने अबस्था आएको छ । टाढाटाढा रहेका परिवारका सदस्य,साथीभाई, आफन्त भेटी हर्षोल्लासका साथ मनाइने महान चाड विजया दशमीको बेला एक आपसमा भेट हुंदा संक्रमण बढ्ने हो की भन्न्ने डर धेरैमा छ । मिलनको पर्व भनेर चिनिने गरेको दशैंलाई यो बर्ष परिवारका सदस्य अलग अलग भएर मनाउनु पर्ने बाध्यात्मक अवस्था सिर्जना भयो ।

देश विदेशमा रहेका आफन्तजन एकै ठाउँमा जम्मा भएर खुसी साट्दै मनाउनुपर्नेमा यो बर्ष घरपरिवारका सदस्य अलग्गिएर मनाउनु पर्नेभएपछि गाउँघरमा दशैंको रौनक खासै आएन धादिङ त्रिपुरासुन्दरी गाउँपालिका सल्यानटारका वाबुकृष्ण श्रेष्ठ बताउँछन् ।
कोरोना संक्रमण फैंलदैं जान थालेपछि शहरबाट गाउँ फर्कने मानिसहरुको संख्यामा निकै कमी आउन थालेको श्रेष्ठले वताए । अघिल्ला बर्ष दशैं मान्न गाउँ आएका मान्छेलाई लिएर आउने मोटरको ताँती लाग्ने गरेको धादिङबेसी सल्यानटार सडकमा यो बर्ष खासै मोटर नगुडेको श्रैष्ठले वताए । श्रेष्ठको भनाईमा यो बर्ष गाउँघर शुन्य जस्तै भएको छ ।

गएको बर्ष यति बेला धादिङका गाउँगाउँमा देश विदेशबाट घर आउनेको भिड लाग्ने गर्दथ्यो । अन्य समयमा सुनसान हुने गाउँहरु दशैंको वेला गुल्जार हुने गर्दथे । गाउँमा दशैंको रौनक छाएपछि सबैको मुहारमा खुसी देखिन्थ्यो, अहिले त मान्छे देख्दा पनि तर्सनुपर्ने र परपर हुनुपर्ने अवस्था आएको गजुरी गाउँपालिका २ का तिर्थ सिलवाल बताउँछन ।

दशैंले पढाई, रोजगारी र अन्य कामका लागि घर बाहिर रहेकाहरु पनि घर फर्किने गर्दथे । यो बर्ष जो जहाँ छ त्यहिँ बसेर दशैं मनाउन सरकारले आग्रह गरेकाले घर वाहिर रहेकालाई घर आउन भन्न नसकिएको सिलवालले वताए । गाउँमा मात्रै होइन सदरमुकाम र अन्य व्यापारिक केन्द्रमा पनि चहलपहल घटेको छ । दशैंको समयमा भएपनि घर वाहिर निस्केर घुमघाम गर्र्नेहरुको संख्यामा निकै कमी आएको छ । दशैंको चहलपहल बढेपनि सदरमुकामका पसलमा खासै चहलपहल नदेखिएको सदरमुकाम धादिङबेसीका व्यवसायी सुमनकुमार श्रेष्ठ वताउँछन् ।

अघिल्ला बर्षमा दशैतिहार नजिक आएसंगै लुगा ,कपडा, र खाद्यान्नको सामान बिक्री बढि हुने गरेको ब्यापारीले बताए । दशै तिहारमा नयाँ लुगा लगाउने मिठो खाने प्रचलन अनुसार बजारमा किनमेल गर्नेको भिड लाग्न्े गर्दथ्यो, अहिले मानिससंग आर्थिक अभाव संगै रोगको डर पनि कायमै छ । दशैमा सबै परिवार जम्मा भएर रमाइलो गर्ने मिठो मसिनो खाने चलन भएपनि अहिले मानिसलाई कसरी चाडबाड मानन्े भन्दा पनि कसरी रोग संग बच्ने भन्ने कुरा महत्वपूर्ण भएको धादिङ उद्योग बाणिज्य संघका महासचिव लोकनाथ डल्लाकोटीको बुझाई छ ।

नेपालीको ठूलो चाड विजयादशमी, दिपावली, लगायतका चाड मनाउन गाउँ आउनेहरुको संख्यामा कमी भएसंगै धादिङका गाउँबस्ती सुनसान बन्दै गएका हुन् । दशैँ तिहार मनाउन जिल्ला बाहिर तथा विदेशमा रहेकाले आफ्ना घर परिवारलाई आउन नसक्ने जानकारी दिन थालेका छन् । स्थानीयवासी गाउँ नआउने भएपछि यहाँका ग्रामीण बस्तीमा दशैंको चहलपहल देखिएको छैन । परदेश गएका चाडबाड भनेर घर फर्कन्थे, घर वाहिर रहेकाहरु पनि बर्ष दिनको चाड भन्दै मुल घर फर्कने गर्दथे, घर परिवार र गाउँमा सबैलाई रमाइलो हुने गरेको थियो, अहिले आफ्ना घरपरिवार सदस्य एकै ठाउँमा जम्मा हुन नमिल्ने डर त्रास र सन्त्रास फैलिएकोले दशैं आएपनि मानिसहरुमा खुसी नआएको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ का अव्जनाथ सापकोटाले वताए ।

पढ्न शहर छिरेका र जिल्ला बाहिर जागीर गर्नेले पनि गाउँ नर्फकने भएपछि गाउँबस्ती दशैंमा पनि सुनसान देखिएका छन् । बर्ष दिन सुनसान भएपनि दशैँ र तिहारमा रमाइलो हुने गरेको गाउँबस्तीमा यो बर्ष दशैंको खासै रौनक देखिएको छैन । दशैँका बेला चहल पहल हुने यहाँका पहाडी बस्तीमा आफन्तको याद गर्दै परिवारका सदस्यहरु बसिरहेका छन् । कोरोना भाइरस पत्ता लागेको नौ महिनामा नेपालको जनसंख्याभन्दा ज्यादा अर्थात साढे ३ करोडभन्दा बढी व्यक्ति संसारभर संक्रमित भएका छन् यसकै संक्रमणका कारण झन्डै साढे १० लाख व्यक्तिले ज्यान गुमाउनु परेको छ ।

यस महामारीले विश्वमा करोडौं व्यक्तिलाई गरिबीको रेखामुनि धकेल्दै लगेको छ । नेपालमा पनि निम्नमध्यम वर्ग गरिबीको दलदलमा फस्दै गएका छन । यस कारण पनि धेरैको खुसी कोरोनाले खोसीरहेको छ । दैनिक ज्यालादारी र अस्थायी तथा करार सेवामा कार्यरत मजदुरका परिवारले आर्थिक अभावका कारण दशैं मनाउन नसक्ने अबस्था बनेको छ । पहिलेको दशैं र अहिलेको दशैंमा धेरै भिन्नता आइसकेको छ। युवा विदेश पलायन, सामाजिक संस्कारमा आएको परिवर्नतन र प्रविधिको विकासले दशैंलाई फरक बनाउँदै लगेको पाइन्छ।

भौतिक पूर्वाधारमा आएको विकास, सूचना प्रविधिमा भएको परिवर्तन दशैं बदलिएको हो। चेतनाको विकास र प्रविधिको विकासले दशैंको प्रचार प्रसार बढाउँदै लगेको छ भने यसको महत्वलाई पनि बढवा दिएको बताइन्छ। नेपाल धर्म निरपेक्ष राष्ट्र हो। तर, पनि सबै धर्मावलम्बी र जातजातिको नजरमा दशैं साझा पर्वको रूपमा विकास हुँदै गएको छ।

दशैंमा गाउँका घरघरमा पुगेर क्लाँटा बाजा बजाउँदै मालाश्री धून बजाउने चलन हट्दै गएको छ। अहिले त्यो धुन रेडियो, टेलिभिजनमा प्रशस्त सुन्न पाइन्छ। क्लाँट बजाउँदै विभिन्न धून गुञ्जाउँदै दशैंमा रौनकता आधुनिक बन्दै गएको छ। यता वैदेशिक रोजगारीले दशैंको रौनक घट्दै गएको छ। आर्थिक अभावमा गत वर्षहरूको तुलनामा यो बर्ष ग्रामीण भेगमा दशैंको चहलपहल कम भएको हो । राम्रो लाउने र मीठो खाने मान्यता बोकेको चाड दशैं कोरोनाका कारण एकै ठाउँमा जम्मा हुन नमिल्ने भएपछि घरमा हुनेहरुमा उत्साह नआएको गल्छी माझिखेतका मिथुन काराखेतीको भनाइ छ ।

केही बर्ष अघि सम्म घर लिपपोत गर्न, चिउरा, चामलको जोहो गर्न, मासुको बन्दोबस्त गर्न एक महिना अघिबाटै थालिने भएकाले दशैं आएको रौनक आउने गर्दथ्यो । पछिल्ला बर्षमा युवाहरु वैदेशिकरोजगारीमा जानेक्रम बढेपछि गाउँबस्ती सुनसान जस्तै बन्दै गएका थिए अहिलेत झन जो जहाँ छ त्यही बसेर दशै मनाउनु भनेपनि गाउँबस्तीमा दशैं नआएको काराखेतीले वताए ।

प्रतिक्रिया