आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०४:१२
वासिङटन डिसी 17:27

न्यायधिश एमी कोनी ब्यारेटले सपथ लिईन

१५० बर्षमा पहिलो पटक दुई दलको बिना समर्थन सर्वोच्चको न्यायधिश

इनेप्लिज २०७७ कार्तिक ११ गते ११:०४ मा प्रकाशित

गत सोमबार न्यायधिश एमी कोनी ब्यारेटले सर्वोच्च अदालतको न्यायाधीशको लागि सपथ लिएकी छिन । गत सोमबार अक्टोबर २६ कै दिन अमेरिकी सिनेटले एमी कोनी ब्यारेटलाई मतदानद्वारा सुनिश्चित गरेको थियो ।

१५० बर्षमा पहिलो पटक दुई दलको बिना समर्थन सर्वोच्चको न्यायधिशमा ब्यारेट पुगेकी हुन् । सिनेटले अनुमोदन गर्ने बितिक्कै व्हाइट हाउसमा साँझ सपथ ग्रहण गरेकी हुन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्प ले बधाई दिदै सफलताको कामना गरे । चुनाव हुनु ठिक एक हप्ता अगाडी उनलाई सर्वोच्च अदालतमा सिनेटले पुर्याएको हो ।

गत सोमबार मतदानमा ५२-४८ मत परे पछि उनि सर्वोच्च अदालतको लागि निश्चित भएकी हुन् । सिनेटर सुसन कोलिन्सले न्यायाधिशको विपक्षमा मतदान गरेकी थिइन ।

४८ बर्षिय ब्यारेट सहित सर्वोच्च अदालतमा हाल सम्म जना रिपब्लिकन रास्ट्रपतिले छनौट गरेका ६ र डेमोक्र्याटिक राष्ट्रपतिले ३ रहेका छन । अर्थात् रिपब्लिकनका न्यायाधिशहरुको सर्वोच्च अदालतमा बहुमत रहन गएको छ ।

सिनेटमा रिपब्लिकनहरुको बहुमत भएकोले उनको अनुमोदन हुने निश्चित थियो । सर्वोच्च अदालतको न्यायाधिशको अनुमोदनको लागि सिनेटमा मात्र सुनुवाई र अनुमोदन गरे पछि मनोनित हुने भएकोले मतदान गरि गत सोमबार नै छिनोफानो भएको हो ।

सर्वोच्च अदालतमा ब्यारेट समेत राष्ट्रपति डोनाल्ड ट्रम्पले तेश्रो न्यायाधिश मनोनयन गरेका छन ।

श्रोत :सिएनएन

प्रतिक्रिया