बुधबार, मंसिर १० २०७७
काठमाडौं १३:३८
वासिङटन डिसी 02:53

अमेरिकामा एकैदिनमा कोरोनाबाट ६६ हजार संक्रमित,४७७ जनाको मृत्यु

इनेप्लिज २०७७ कार्तिक ११ गते १०:३८ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६६ हजार ७ सय ८४ पुगेको छ । नयाँ कोरोना भाइरसबाट ४ सय ७७ जनाको मृत्यु भएको जोन्स हप्किन्स बिश्वबिद्यालयले उल्लेख गरेको छ ।

उक्त तथ्यांक गत आइतबार अक्टोबर २६ का दिन २४ घण्टामा लिइएको हो । अमेरिकाका २७ वटा राज्यहरुमा संक्रमण निक्कै वृद्धि भएको छ । आइतबारका दिन ७ दिनमा औसतमा ६७ हजार ७ सय ६७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

अमेरिकामा हाल सम्म २ लाख २९ हजार ८ सय ८ को मृत्यु भएको छ भने ८८ लाख ७२ हजार मानिसहरु संक्रमित भएका छन् । अहिले सम्म करिव ३५ लाख ८७ हजार निको भै सकेका छन् ।

श्रोत :जोन्स हप्किन्स बिश्वबिद्यालय/सिएनएन

प्रतिक्रिया