बुधबार, मंसिर १० २०७७
काठमाडौं १३:४६
वासिङटन डिसी 03:01

अमेरिकी सर्वोच्च अदालतकी न्यायधिशमा एमी कोनी ब्यारेट

इनेप्लिज २०७७ कार्तिक ११ गते ०:५८ मा प्रकाशित

अमेरिकी सिनेटले सोमबारका दिन सर्वोच्च अदालतकी न्यायधिशमा एमी कोनी ब्यारेटलाई मतदानद्वारा सुनिश्चित गरेको छ । चुनाव हुनु ठिक एक हप्ता अगाडी उनलाई सर्वोच्च अदालतमा सिनेटले पुर्याएको हो ।

आज भएको मतदानमा ५२-४८ मत परे पछि उनि सर्वोच्च अदालतको लागि निश्चित भएकी छिन् । केवल सिनेटर सुसन कोलिन्सले न्यायाधिशको विपक्षमा मतदान गरेकी थिइन ।

उनको निश्चित संगै राष्ट्रपति डोनाल्ड ट्रम्पको बिजयी भएको छ । सम्भवत आजै साँझ नव निर्वाचित न्यायाधिश ब्यारेटलाई व्हाइट हाउसको अगाडी प्राङ्गणमा सपथ गराउने पक्षमा छन ।

४८ बर्षिय ब्यारेट सहित सर्वोच्च अदालतमा हाल सम्म जना रिपब्लिकन रास्ट्रपतिले छनौट गरेका ६ र डेमोक्र्याटिक राष्ट्रपतिले ३ रहेका छन । अर्थात् रिपब्लिकनका न्यायाधिशहरुको बहुमत रहन गएको छ ।

सिनेटमा रिपब्लिकनहरुको बहुमत भएकोले उनको अनुमोदन हुने निश्चित थियो । सर्वोच्च अदालतको न्यायाधिशको अनुमोदनको लागि सिनेटमा मात्र सुनुवाई र अनुमोदन गरे पछि मनोनित हुने भएकोले मतदान गरि आजै छिनोफानो भएको छ ।

सर्वोच्च अदालतमा ब्यारेट समेत राष्ट्रपति डोनाल्ड ट्रम्पले तेश्रो न्यायाधिश मनोनयन गरेका हुन् । कुनै पनि हालतमा रिपब्लिकनले मतदान गरि उनलाई निश्चित गराउने लक्ष्य अनुरुप सफलता हासिल गरेका छन ।

श्रोत :सिएनएन

प्रतिक्रिया