बुधबार, मंसिर १० २०७७
काठमाडौं १९:००
वासिङटन डिसी 08:15

नेपालका शारीरिक सुगठनका हस्ती राजभगत प्रधानाङ्ग अब रहेनन् – हार्दिक श्रद्धान्जली

धरानका राजभगत सदाका लागि हामीलाई छोडेर गए

विजय थापा २०७७ कार्तिक १० गते १८:०१ मा प्रकाशित

P

डिसी । नेपालको सुन्दर नगरी धरानका प्रख्यात,शारीरिक सुगठन खेलका मेरुदण्ड तथा एथलेटिक्स खेल विकासमा अतुलनीय योगदान गरेका वरिष्ठ खेलाडी राजभगत प्रधानाङ्गको निधन भएको छ । अब हामी बीच उनि रहेनन । सुनसरीको धरान १ निवासी राजभगत प्रधानाङ्गको बडा दशैँको दशमीमा निधन भएको हो । धरानका राजभगतले सदाका लागि हामीलाई छोडेर गएका छन ।

उनको उपचारको क्रममा दिउँसो विराटनगर स्थित एक अस्पतालमा निधन भएको हो । उनको निधनले खेल जगतका साथै सबैलाई ज्यादै दुखित तुल्याएको छ । कोभिड-१९ बाट संक्रमित भै उनको निधन भएको हो ।

उनिसंग नजिक रहेका सबै आश्चर्यमा परेका छन । यो पंक्तिकार पनि स्व प्रधानाङ्गद्वारा उनको धरान पुरानो बजार स्थित घर पछाडी तत्कालिन समयमा संचालित शारीरिक सुगठन केन्द्रमा करिव २-३ बर्ष सम्म प्रशिक्षार्थी रहेको थियो ।

आफू छिमेकी र एकै शहरमा बसोबास गर्दा पटक पटक भेटघाट हुने गर्थ्यो । र अत्यन्तै मिजासिला,नरम,मृदुभाषी ,सबैसंग घुलमिल गर्ने एक आफ्ना गुरु गुमाउनु पर्दा अत्यन्तै दुखित हुन् पुगेको छ ।

प्रधानाङ्ग २०३९ सालमा नेपालका स्ट्रङ्गेष्ट मेन ( सर्वाधिक बलिया व्यक्ति )भएका थिए भने शारीरिक सुगठनको प्रतियोगितामा मिस्टर धरानको पनि उपाधि जितेका थिए ।

उनले धरान मै धरान फिजिकल फिटनेस (शारीरिक सुगठन केन्द्र )स्थापना गरेका थिए । उनि भाला फ्याक्ने ,डिस्कस थ्रो र ह्यामर थ्रो खेलका पनि उत्कृष्ट खेलाडी र कैयौ पदक जितेका छन् । उनी इन्टरनेशनल फेडरेशन अफ बडीबिल्डिङ एण्ड फिटनेस (एनएफबिएफ-)को सल्लाहकार हुन् भने आइएफबिबिको अन्तर्राष्ट्रिय निर्णायक पनि हुन् ।

उनको खबर सुन्नासाथ अमेरिकाबाट नेपाल पुगेका शक्तित्तोलनका आफ्नो समूहका अन्तरराष्ट्रिय स्वर्ण पदक बिजेता रुप कार्कीले विश्वास आश्चर्यमा परे ।शक्तित्तोलक कार्कीले अत्यन्तै दुख व्यक्त गर्दै खेलकूदको क्षेत्रमा एक अपूरणीय क्षति भएको बताए ।

नेपाल जाँदा पटक पटक कुरा हुने र धरान पुगेको समयमा भेटघाट समेत गर्ने गरेको कार्कीले बताए । यो दुखद घटना हुनु केही दिन अगाडी कुराकानी भएको समेत उनले बताए । र उनले नेपालको खेलकुदका एक मेरुदण्ड नै रहेका प्रधानाङ्ग सबैका एक अभिभावक जस्तै थिए भनि समबेदना प्रकट गरेका छन् ।

यस दुखद घडीमा अमेरिकाबाट संचालित अङ्किय पत्रिका ईनेप्लिज परिवार हार्दिक समबेदना प्रकट गर्दछ ।

प्रतिक्रिया