आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०४:३७
वासिङटन डिसी 17:52

अमेरिकन अन्तरिक्ष यात्रीले अन्तरिक्षबाट गरिन मतदान

इनेप्लिज २०७७ कार्तिक १० गते १२:४४ मा प्रकाशित

अमेरिकन अन्तरिक्ष यात्रीले अन्तरिक्षबाट गरिन मतदान गरेकी छिन । आगामी नोभेम्बर ३ का दिन हुने चुनावको लागि उनले अन्तरिक्षबाटै मतदान गरेकी हुन् ।

अन्तरिक्षयात्री केट रुबिन्सले करिव २ सय माइल्स पृथ्वीबाट टाडाबाट मतदान गरिन ।

रुबिन्स हाल पृथ्वीमा छैनन् र उनले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट गत हप्ता उनले मतदान गर्न सफल भईन । उनि अन्तरिक्षबाट मतदान गर्ने पहिलो व्यक्ति हैनन । उनले सन् २०१६ मा पनि अन्तरिक्ष केन्द्रमा अनुसन्धानको क्रममा मतदान गरेकी थिइन् ।

रुबिन्स रसियन अन्तरिक्षयात्री संग यो महिनाको पहिला अन्तरिक्षयात्रा सुरु गरि सकेकी छिन् । र उनले करिव ६ महिना अन्तरिक्षमा बिताउने छिन । सन् १९९७ मा अन्तरिक्षयात्रीले मतदान गर्न दर्ता गराएका थिए ।

श्रोत :सिएनएन

प्रतिक्रिया