आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०४:२९
वासिङटन डिसी 17:44

अमेरिकामा एकैदिनमा कोरोनाबाट ६० हजार संक्रमित,३४० जनाको मृत्यु

इनेप्लिज २०७७ कार्तिक १० गते ११:३६ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६० हजार ७ सय ८९ पुगेको छ । नयाँ कोरोना भाइरसबाट ३ सय ४० जनाको मृत्यु भएको जोन्स हप्किन्स बिश्वबिद्यालयले उल्लेख गरेको छ ।

उक्त तथ्यांक गत आइतबार अक्टोबर २५ का दिन २४ घण्टामा लिइएको हो । अमेरिकाका ३५ राज्यहरुमा संक्रमण वृद्धि भएको छ । गत ७ दिनमा अमेरिकामा ४ लाख ८१ हजार ३ सय ७२ नयाँ कोरोना संक्रमित थपिएका छन् । गत शुक्रबार ८० हजार भन्दा ज्यादा मानिस सर्वाधिक संक्रमित भएका थिए ।

अमेरिकामा हाल सम्म २ लाख २९ हजार ३ सय ७९ को मृत्यु भएको छ भने ८८ लाख ३६ हजार मानिसहरु संक्रमित भएका छन् । अहिले सम्म करिव ३५ लाख ५७ हजार निको भै सकेका छन् ।

श्रोत :जोन्स हप्किन्स बिश्वबिद्यालय/सिएनएन

प्रतिक्रिया