आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०४:४०
वासिङटन डिसी 17:55

भर्चुअल मीटिंग मै मनाइयो दशैँ कार्यक्रम

इनेप्लिज २०७७ कार्तिक १० गते ९:३३ मा प्रकाशित

अमेरिका स्थित एक स्थानीय सस्था जो केन्टकी को लेक्जिन्टनमा अवस्थित छ।एसोसियसन अफ नेपाली इन अमेरिकाले एक भर्चुअल मीटिंग को आयोजना गरि आफ्नो दशैँ कार्यक्रम समापन गरेको छ।कोरोना को महामारीले सामाजिक भेला समारोह गर्ने सहज वातावरण नमिले पछि एक भर्चुअल मीटिंग मार्फत आफ्नो कार्यक्रम गर्नु परेको हो।कार्यक्रममा राम्रै जना सहभागिता रहेको थियो। सस्थाका उपाध्यक्ष अजय अर्याल ले स्वागत मन्तब्य दिनु भएको थियो भने कार्यक्रम सस्थाका सचिब बिष्णु डुम्रे ले संचालन गर्नु भएको थियो।कार्यक्रम मा एन अर एन ए केन्टकी का अध्यक्ष डिलु पराजुली इनास केन्टकीका महासचिव अर्जुन थापा, ANKA का सल्लाहकार द्वय पर्शु आचार्य र बाबुराम अधिकारी साथै नेपाली चलचित्र संघका निवर्तमान अध्यक्ष तथा सामाजिक अभियन्ता सुमन दहालले शुभकामना दिनु भएको थियो।

कार्यक्रम मा आफ्ना सृजना र प्रतिभाबाट कलाकार तथा साहित्यकारहरु मुरारी गुरागाँइ, सरु गुरागाँइ, डमरु पौडेल, अर्जुन थापा,श्याम पराजुली र शलिना तिवारीले रोचकता प्रदान गर्नु भएको थियो ।

सोहि कार्यक्रममा सस्थाको आफ्नै वेब साइटको उद्घाटन पनि गरियो। उद्घाटन आइटि विज्ञ यसवन्त ठाकुर ले गर्नु भएको थियो भने वेब साइट निर्माण सुलभ खड्का र सौरभ खड्काले गर्नु भएको थियो।सुलभ खड्काले वेब साइटको बारेमा सबैमा प्रष्ट पर्नु भएको थियो।

कार्यक्रमको समापन गर्दै सस्थाका अधक्ष्य श्री लक्ष्मी खड्काले कार्यक्रम मा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।अधक्ष्य लक्ष्मी खड्काले कार्यक्रम समापन पछि सस्थाको फसबूक पेज मार्फत सबैलाई धन्यवाद पनि दिनु भएको छ। जसको पूर्ण पाठ यहाँ रखिएको छ।

आदरणीय नेपाली समुदायमा,नमस्कार

ANKA द्वारा बिजया दशमी – २०७७को शुभ अवसरमा आयोजित Virtual शुभकामना आदान-प्रदान कार्यक्रममा सहभागि बनि कार्यक्रमलाइ सफ़ल बनॉउन सहयोग गर्ने सम्पूर्ण महानुभावहरु प्रति हार्दिक आभार प्रकट गर्दछु।

विशेष गरी हाम्रो आमन्त्रणलाइ स्वीकार गरि संस्थागत रुपमा शुभकामना प्रदान गर्ने NRNA KY Chapter अध्यक्ष डिलु पराजुली, INAS KY Chapter का महासचिव अर्जुन थापा, ANKA का सल्लाहकार द्वय पर्शु आचार्य र बाबुराम अधिकारी साथै नेपाली चलचित्र संघका निवर्तमान अध्यक्ष तथा सामाजिक अभियन्ता सुमन दहाल प्रति विशेष धन्यवाद व्यक्त गर्दछु।

कार्यक्रमा आफ्ना सृजना र प्रतिभाबाट रोचकता प्रदान गरिदिनुहुने कलाकार तथा साहित्यकारहरु मुरारी गुरागाँइ, सरु गुरागाँइ, डमरु पौडेल, अर्जुन थापा,श्याम पराजुली र शलिना तिवारीलाइ हृदय देखिनै धन्यवाद दिन चाहान्छु।

यस पावन अवसरमा ANKA को website(anx.orgkale) जनसमुदायका लागि खुल्ला गरिएको व्यहोरा जानकारी गरॉउदछु र यसको निर्माणमा प्राविधिक र भाषिक रुपले सहयोग पुर्यॉउने क्रमश सुलभ खड्का र सौरभ खड्कालाइ धन्यवाद दिदै यसलाई उद्घाटन गरि समुदायको लागि खुला गरिदिनुहुने अग्रज समाजसेवी तथा IT विज्ञ यसवन्त ठाकुर प्रति विशेष कृतज्ञता प्रकट गर्दछु.यसरीनै सहभागीहरुलाइ ANKA को तर्फबाट स्वागत मन्तव्य प्रदान गर्ने उपाध्यक्ष अजय अर्याल, कार्यक्रम सफलता पूर्वक संचालन गर्ने सचिव बिष्णु डुम्रे लगायत सम्पूर्ण ANKA परिवार धन्यवादका पात्र बनेका छन्।

अन्त्यमा सहभागि बन्ने चाहना हुदैहुदै पनि परिस्थितिजन्य कारणले सहभागी बन्न नसक्नु भएका र कार्यक्रमलाई परोक्ष ढंगले सहयोग पुर्याँउने सम्पूर्ण शुभचिंतक महानुभावहरु प्रति धन्यवाद टक्याँउदै सम्पूर्ण लेगेसिंटन र वरपर बस्ने नेपाली समुदायमा पुन: बिजया दशमी २०७७ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।

लक्ष्मी खड्का
अध्यक्ष ANKA कार्य समिति।

प्रतिक्रिया