आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०४:३८
वासिङटन डिसी 17:53

नासा लगाएत ४ वटा संस्थाहरूको आयोजनामा विशेष धार्मिक कार्यक्रम सम्पन्न

इनेप्लिज २०७७ कार्तिक १० गते ९:१६ मा प्रकाशित

विजयादशमी बि.सं. २०७७ को अवसरमा संयुक्त राज्य अमेरिका स्थित चार नेपाली संस्थाहरुको संयुक्त आयोजनामा “बिशेष धार्मिक एवं शुभकामना आदान प्रदान कार्यक्रम” सम्पन्न।

संयुक्त राज्य अमेरिकाको दक्षिण-पूर्वस्थित चार बिभिन्न नेपाली सामाजिक संस्थाहरुको संयुक्त आयोजनामा चलनचल्तिको पात्रो अनुसार हिजो पर्न गएको महाअष्टमीको पावन अवसरमा “दैविशक्ति महिमा एव नवरात्र जागरण” बिषयक भजन, प्रवचन एवं शुभकामना आदानप्रदान कार्यक्रम भव्यताता साथ सम्पन्न गरेको समाचार छ।

अनेसास फ्लोरिडा च्याप्टर, नेप्लिज एसोशियसन अफ फ्लोरिडा, नेप्लिज एसोशियसन इन साउथ-ईष्ट अमेरिका (नासा)र एन.सी.सि.ओ. फ्लोरिडाको संयुक्त तत्वावधानमा आयोजित उक्त बडा दशैं बि.सं. २०७७ बिशेष कार्यक्रममा नेपालबाट युवा धार्मिक ब्यक्तित्व वाणी भाष्कर ब्यासाचार्य भुवन गुरुले दैवि शक्तिको महिमा, नवरात्र जागरणको महत्व र बिजयादशमीको धार्मिक र सॉस्कृतिक महत्व माथि प्रकाश पार्दै आफ्नो प्रवचन र सुमधुर नेपाली लोकलयको भजन प्रस्तुत गर्नुऊएको थियो। आयोजक संस्थाहरुको तर्फबाट एन.सी.सि.ओ. का अध्यक्ष तथा कार्यक्रम संयोजक निजानन्द मल्लले सम्पूर्ण सहभागिहरुलाई स्वागत गर्नुहुदैं कार्यक्रम आयोजनको औचित्य माथि संक्षिप्त जानकारीका साथ शुरु भएको उक्त कार्यक्रममा प्रमूख प्रवाचक भुवन गुरुद्वारा श्री गणेश स्तुति वाचन सहित भजन प्रवचन आरम्भ भएको थियो भने भर्जिनिया निवासी संगित प्रशिक्षक श्यामसुन्दर आचार्यद्वारा दुई मिठा सुन्दर भजनहरु वाध्यवादनका साथ प्रस्तुत गरिएको थियो।

कार्यक्रम सहजकर्ताको रुपमा सहयोगि प्रगति घिमिरे समेतद्वारा संचालित उक्त समारोहमा उत्तर अमेरिकाको जेठो नेपाली संस्था ए.एन.ए. का अध्यक्ष खगेन्द्र अधिकारी, जर्जिया राज्यका एन.सि.सी. का अध्यक्ष डा. प्रल्हाद पन्त, ईन्टरनेशनल ब्लड डोनर्स एसोशियसन अफ अमेरिकाका अध्यक्ष अजय सत्याल, नाशाका निवर्तमान अध्यक्ष बिमल नेपाल, नॉफका निवर्तमान अध्यक्ष डा. चुडामणि खनाल लगायत आयोजक संस्थाहरु नाशाका अध्यक्ष बिनय अर्याल, नॉफका अध्यक्ष अनिला न्यौपाने समेतले बडा दशैंको अवसरमा शुभकामना मन्तब्य राख्नुभएको थियो। साथै अजय सत्याल, चुडामणि खनाल, ज्योति पौडेल पाण्डे, नितु कार्की पन्त लगायतले मिठो भजन गाउनु भएको थियो भने ओर्ल्याण्डो नेपाली भाषा पाठशालाका संगित गुरुबा देव राईले सुरिलो बॉसुरीको धुन मालश्री ( मंगल धुन ) प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमको अन्त्यमा अनेसास फ्लोरिडा च्याप्टरका अध्यक्ष दिप कार्कीले बिजयदशमी २०७७ को सुखद अवसर पारेर संयुक्त रुपमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपालदेखि आफ्नो अमुल्य समय प्रदान गरि सार्थक प्रवचन गरिदिनु हुने भुवन गुरु, मिठो भजन प्रस्तोता संगित शिक्षक श्याम सुन्दर आचार्य लगायत सबै भजन गायक, गायिका, कार्यक्रम सफलताका लागि शुभकामना दिनुहुने बिभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु, प्रत्यक्ष एवं लाईव हेर्नुहुने सम्पूर्ण दर्शक, श्रोता एवं सहभागिहरुलाई आयोजक परिवारको तर्फबाट हार्दिक धन्यवादज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभयो।

 

प्रतिक्रिया