आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०४:२३
वासिङटन डिसी 17:38

टेक्ससमा मानव तस्करीको शंकामा सीमा गस्ती गुप्तचरद्वारा गोली प्रहार गर्दा एकको मृत्यु

इनेप्लिज २०७७ कार्तिक १० गते ०:०१ मा प्रकाशित

टेक्ससमा मानव तस्करीको शंकामा सीमा गस्ती गुप्तचरद्वारा गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ । अमेरिकाको टेक्ससका अन्य गुप्तचरहरूसँग मानव तस्करी सम्बन्धी अनुसन्धान गरिरहेका गुप्तचरले गैरकानुनी रुपमा मानिसहरूलाई बोकि गाडी चलाउँदै गरेको अवस्थामा एक व्यक्तिलाई गोली हानी मारेको संघीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन ।

सीमा गस्ती टोली ,आप्रवासन र भन्सार प्रवर्तन अधिकारीहरू र वेब काउन्टी अधिकारीको कार्यालयले गत शुक्रबार लारेडोमा एउटा अर्ध मालबाहक(सेमी ट्रक) गाडी रोकेको थियो । पछाडी पट्टि ट्रेलर(अनुयान)भित्र धेरै व्यक्तिहरु फेला पारेको भन्सार र सीमा सुरक्षा प्रवक्ता रिक पौजाले जानकारी दिएका छन ।

उक्त समयमा अर्को अर्ध मालबाहक गाडी त्यहाँ आएको भनि बयानमा लेखिएको छ । वक्तव्यका अनुसार व्यक्तिहरू घटनास्थलमा आइपुगे र कानून अधिकृतहरूले उनीहरुलाई चिने र ट्र्याक्टर-ट्रेलरको नजिक पुगे पछि चालकले गाडी बिपरित दिशामा गाडी चलाएका थिए । जसको कारण सीमा गस्ती टोलीका गाडीलाई रोकेका थिए ।

त्यसै समयमा गुप्तचरहरुले चालकलाई गोली हानेका थिए । जसको कारण उक्त व्यक्तिको घटनास्थलमा मृत्यु भएको घोषणा गरिएको थियो। घाइते गुप्तचरलाई अस्पताल लगिएको र उपचार गरि शनिबार घर फर्केको विज्ञप्तिमा जनाइएको छ ।

उक्त गोलीबारी सम्बन्धि अनुसन्धान लरेडो प्रहरी ,एफबीआई, सीमा गस्ती र आईसिईले अनुसन्धान गरिरहेको विज्ञप्तिमा भनिएको छ।

श्रोत :एबिसीन्युज

 

 

प्रतिक्रिया