बुधबार, मंसिर १० २०७७
काठमाडौं १३:५४
वासिङटन डिसी 03:09

उप राष्ट्रपतिका माइक पेन्सका वृतमा कम्तिमा ५ जना कोरोना संक्रमित

इनेप्लिज २०७७ कार्तिक ९ गते १४:५४ मा प्रकाशित

उप राष्ट्रपतिका माइक पेन्सका वृतमा कम्तिमा ५ जना कोरोनाबाट संक्रमित भएका छन । जस्मा उनको प्रमुख कर्मचारी मार्क शर्ट पनि कोभिड-१९ बाट संक्रमित भएका छन् ।

सिएनएनको श्रोतका अनुसार अझ ज्यादा अन्तरवृतमा कोरोना संक्रमित हुन् सक्ने र बाहिर आउने जनाएको छ । पेन्सको कार्यलयले शनिबार साँझ प्रमुख कर्मचारी कोभिड-१९ बाट संक्रमित भएको सार्वजनिक गरेको थियो ।

माइक पेन्स व्हाइट हाउसको कोरोना कार्यदलका प्रमुख हुन् । उनका कमर्चारीहरु संक्रमित भएता पनि आगामी नोभेम्बर ३ मा चुनाव हुने भएकोले उनि संगरोधन(क्वारेनटाइन)मा बसेका छैनन् ।

सिएनएनले पेन्सको कार्यलयमा हाल सम्म कति जना संक्रमित भएका छन् भनि जिज्ञाशा राख्दा जवाफ नपाएको समाचारमा उल्लेख गरेको छ । न्यू योर्क टाइम्सले पेन्सका सहायक कोरोना संक्रमित भएको समाचार सबै भन्दा पहिला प्रकाशित गरेको थियो ।

प्रतिक्रिया