बुधबार, मंसिर १० २०७७
काठमाडौं १२:१९
वासिङटन डिसी 01:34

क्यान्ससको एक घरमा दुई छोराहरु मृत फेला,२ छोरीलाई अपहरण गर्ने पिता पक्राउ

इनेप्लिज २०७७ कार्तिक ९ गते १४:०६ मा प्रकाशित

अमेरिकाको क्यान्सस राज्यको एक घरमा प्रहरीले दुई छोराहरु मृत अवस्थामा फेला परेको जनाएका छन । यसै गरि मृतक द्वय छोराहरुका पिताले आफ्नै २ छोरीहरुलाई अपहरण गरेर लैजादै गर्दा पिता पक्राउमा परेका छन ।

क्यान्सस राज्यको लेभेनवर्थ स्थित घरमा मृत अवस्थामा दुई किशोरहरु फेला परेको लेभेनवर्थ काउन्टी सहशेरिफ जिम शेर्लेले बताए । परिवारका कोही व्यक्तिहरु त्यहाँ पुगे पछि उनीहरुले त्यहाँ अपराध भएको जानकारी शनिबार दिउसो १:३० बजे प्रहरीलाई दिएका थिए ।

मृतक बालकहरुको उमेर ११ र १४ बर्षका थिए । अधिकारीका अनुसार उनीहरुका पिताले ३ बर्षिय र ७ बर्षिय बालिकालाई अपहरण गरे पछि एम्बर अलर्ट (सतर्कता) बजाईएको थियो ।

दुई बालिकाहरुलाई अपहरण गर्ने पितालाई प्रहरीले करिव ८ बजे सांझ टेक्सस राज्यको पूर्वीय सीमा ओक्लाहोमाको बेक्हम काउन्टीमा हिरासतमा राखेको छ ।

अझ सम्म पनि पितालाई अभियोग लगाईएको छैन भनी उनलाई क्यान्ससमा सुपुर्दगी गरिने छ ।

श्रोत :सिएनएन

प्रतिक्रिया