नेपालमा एकैदिनमा कोरोनाबाट २ हजार ८५६ संक्रमित

इनेप्लिज २०७७ कार्तिक ९ गते ११:५५ मा प्रकाशित

नेपालमा एकैदिनमा कोरोनाबाट २ हजार ८ सय ५६ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय ५६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १२ हजार ३ सय ११ जनाको परीक्षण गरिएको थियो । हाल सम्म नेपालमा कूल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । सक्रिय संक्रमित ४५ हजार ५ सय ७२ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ३६ जना निको भएका छन् भने ५ जनाले ज्यान गुमाएका छन् । हाल सम्म मृत्यु हुनेको संख्या ८ सय ५७ पुगेको छ ।

हालसम्म १ लाख ११ हजार ६ सय ७० जना निको भएर घर फर्किसकेका छन् । नेपालमा निको हुने दर ७०.६ प्रतिशत रहेको छ ।

यसै गरि पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ११ जनाको परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी बागमती प्रदेशमा १ हजार ८ सय ४९ र सबैभन्दा कम प्रदेश २ मा ५९ जना संक्रमित फेला परेका छन् । काठमाडौँ उपत्यकामा मात्र १ हजार ५ सय सय ३५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये ९०६ जना पुरुष र ६२९ जना महिला रहेका छन् ।

हाल ३२ हजार ५ सय ९३ जना गृह एकान्तवास (होमआइसोलेन) मा रहेका छन् भने २ सय ७७ जना संघन कक्ष (आईसीयू )र ६६ जनाको वायु प्रवाहक (भेन्टिलेटर) मा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया