आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०५:०३
वासिङटन डिसी 18:18

मेरिल्याण्डमा गोली हानी एक मानिसको हत्या

इनेप्लिज २०७७ कार्तिक ८ गते २२:३१ मा प्रकाशित

मेरिल्याण्ड राज्यको ह्याट्सभिलमा गोली हानी एक मानिसको हत्या भएको छ । प्रहरीका अनुसार उक्त शहरमै बर्ष २०२० को पहिलो हत्या मामला भएको जनाएका छन ।

शनिबार बिहानै गोली लागे पछि ज्यादै चोटको कारण उनको मृत्यु भएको हो । शनिबार बिहान १ बजे तिर प्रहरीलाई ह्याट्सभिलको ५३०० भवन समूह को क्विन्स च्यापल रोड (सडक)मा गोलीबारी भएको खबर गरिएको थियो ।

उक्त घाइतेलाई मेरिल्याण्ड बिश्वबिद्याललको प्रिन्स जर्ज अस्पताल केन्द्रमा लगिएको थियो जहाँ उनको मृत्यु भएको थियो । यस घटनाको अनुसन्धान गरि रहेको ह्याट्सभिल प्रहरीले जनाएका छन् ।

श्रोत : डब्लुटिओपी

प्रतिक्रिया