आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०४:१५
वासिङटन डिसी 17:30

न्यूयोर्कको क्विन्समा रातो सुरुवाल लगाएकी महिलाको शव फेला,घाटी थिची मारिएको प्रहरीको शंका

इनेप्लिज २०७७ कार्तिक ८ गते १८:५३ मा प्रकाशित

बिश्वकै सम्राट राज्य न्यूयोर्कको क्विन्स शहरमा रातो सुरुवाल लगाएकी एक महिलाको शव फेला परेको छ । सम्भवत घाटी थिचेर हत्या गरिएको शंका प्रहरीले गरेका छन ।

क्विन्सको एक झाडी पछाडी उक्त महिलाको लाश भेटिएको हो । अनुसन्धानकर्ताहरुले ब्यापक खोज तलास गरि रहेका छन । अधिकारीका अनुसार उक्त महिलाको उमेर २० या ३० बर्ष को हुनु पर्ने अनुमान गरेका छन् । उनको लाश बेसाइडको २१६-१३ होरेस हार्डीङ्ग पार्कवेको अगाडी करिव ६ बजे बिहान गत शुक्रबार जमिनमा पाईएको थियो ।

उनलाई कुनै लुगाले उनको घाटीबेरिएको थियो भने उनले सुन्तले कमिज र रातो पाईजामा(सुरुवाल) लगाएकी थिइन् । प्रहरीका अनुसार उनले मोजा पनि लगाएको प्रहरीले बताए ।

उनको कसरी मृत्यु भएको भन्ने बारेमा शव परीक्षण चिकित्सा केन्द्रले गर्ने छ । शहरमा जडान भएका चित्रग्राहीणी(क्यामरा)का अनुसार र शव परीक्षण अधिकारीका अनुसार उक्त महिलाको घाटीमा कोरिएको र चिथोरिएको देखिएको छ ।

यसको साथै संदिग्ध सेतो गाडीमा आएर उक्त महिलालाई तानेर पेटीमा लागेको देखिएको छ भनि न्यूयोर्क पोस्टले समाचार लेखेको छ ।

श्रोत :न्यूयोर्क पोस्ट

प्रतिक्रिया