बुधबार, मंसिर १० २०७७
काठमाडौं १३:४५
वासिङटन डिसी 03:00

मेरिल्याण्डमा गाडी दुर्घटना भै आगो लाग्दा एक मानिसको मृत्यु अर्का एक गम्भीर घाइते

इनेप्लिज २०७७ कार्तिक ८ गते १८:१५ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यमा गाडी दुर्घटना भै आगो लाग्दा एक मानिसको मृत्यु र अर्का एक गम्भीर घाइते भएका छन । उक्त घटना मेरिल्याण्ड राज्यको बाल्टिमोर-वाशिंगटन पार्कवेको बेल्ट्सभिलमा भएको प्रहरीले बताएका छन ।

युएस पार्क प्रहरी अधिकारिका अनुसार घटनास्थलमा प्रहरीहरु पुग्दा सवारी साधन दन्दनी बलि रहेको थियो । आगो लागि रहेको सवारी साधनका मानिसको घटना स्थलमै मृत्यु भएको प्रहरीले बताएका छन । शनिबार बिहान करिव १ :२० मिनेटमा उक्त घटना घटेको थियो ।

प्रहरीले चालकलाई गाडीबाट बाहिर निकालेका थिए र उनलाई हाल अस्पतालमा भर्ना गरिएको छ । उनको हालत निकै गम्भीर रहेको छ । उक्त घटनाको कारण घन्टौ घण्टा सम्म दक्षिणतर्फ जाने बाटो बन्द गर्नु परेको थियो ।

श्रोत :डब्लुटिओपी

प्रतिक्रिया