सोमबार, मंसिर १५ २०७७
काठमाडौं ०१:२५
वासिङटन डिसी 14:40

ट्रम्पले फ्लोरिडाबाट मत खसाले

इनेप्लिज २०७७ कार्तिक ८ गते १७:४७ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाबाट मत खसालेका छन् । उनले फ्लोरिडाको पश्चिम पाम बिच स्थित पाम बिच काउन्टीको जन पुस्तकालयबाट मतदान गरेका हुन । उनले शनिबार अक्टोबर २४ का दिन आफू स्वयम् उपस्थित भएर मत खसाले पछि यो ज्यादै सुरक्षित भनि प्रतिक्रिया दिए ।

“यो एकदम सुरक्षित मतदान थियो, तपाईले मतपत्रमा पठाउनु भन्दा बढी सुरक्षित। म तपाईलाई भन्न सक्छु। सबै कुरा एकदम सही थियो, नियमहरुद्वारा एकदम कडा र सही । जब तपाईले आफ्नो मतपत्र पठाउनु भयो, यो कहिले सुरक्षित हुन सक्दैन। “, राष्ट्रपतिले भने।

गत वर्ष सेप्टेम्बरमा फ्लोरिडामा आफ्नो मतदाता नामावली परिवर्तन गर्ने ट्रम्पले पत्रकारलाई भने कि यो राज्यमा मतदान गर्नु सम्मानको कुरा हो, जहाँ उनले गत शुक्रवार चुनाव अभियान अन्तर्गत जुलुसको आयोजना गरे।

फ्लोरिडा यस वर्षको चुनावको एक महत्वपूर्ण युद्ध मैदान हो । उक्त मतदान पछि राष्ट्रपति ट्रम्प आजै नर्थ क्यारोलाइना,ओहायो र विस्कनसिन चुनाव प्रसारमा जाने कार्यक्रम रहेको छ ।

श्रोत :सिएनएन ,तस्बिर : मण्डेल गान/एएफपी

प्रतिक्रिया