बुधबार, मंसिर १० २०७७
काठमाडौं १४:३६
वासिङटन डिसी 03:51

ट्रम्पले फ्लोरिडामा मतदान गर्दै ,बाइडेन प्रसिद्ध गायक जोन बोन जोभीसंग पेन्सेलभेनियामा हुने

इनेप्लिज २०७७ कार्तिक ८ गते १३:५२ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अक्टोबर २४ का दिन फ्लोरिडामा मतदान गर्ने भएका छन । उनले तीन अन्य महत्वपूर्ण रणनीतिक राज्यहरूमा समर्थकहरू भेला गर्नु अघि शनिबार फ्लोरिडाबाट मत दिन लागेका हुन् ।

यता डेमोक्र्याट जो बाइडेन पेन्सिल्भेनियाको चर्चित गायक जोन बोन जोभीको एक कार्यक्रममा सहभागिता हुने भएका छन् । पेन्सेलभेनिया अत्यन्तै महत्वपूर्ण राज्य हो भने कति खेर कता ढलकन सक्छ भन्ने राज्य भएकोले उनले यता ध्यान मोडेका हुन् ।

अमेरिकामा निर्वाचन हुन् अब केवल १० दिन बाकी हुँदा ट्रम्प र बाइडेन आफ्ना समर्थकहरूसँग आफूलाई समर्थन र सहयोग जुटाउन विशेष गरी धेरै मुख्य राज्यहरूमा जाने छन र आव्हान गरि रहेका छन् ।

“हाम्रो अभियान जारी राख्न ,म तपाईमा निर्भर छु। बाहिर निस्किनुहोस् र मतदान गर्नुहोस्, “ट्रम्पले गत शुक्रवार फ्लोरिडामा समर्थकहरूलाई भने। “चाँडै मतदान गर्नुहोस्। तपाईंको साथीहरू, तपाईंको परिवार, तपाईंको छिमेकीहरू, आफ्ना सहकर्मीहरू ल्याउनुहोस्। तपाईको हाकिमलाई पनि समात्नुहोस् र भन्नुहोस्: ‘आउनुहोस् हाकिम । तपाईं मतदान गर्नुस । ‘”

ट्रम्पले लाम्बर्टन, नर्थ क्यारोलाइना, सर्कलभिल,ओहायो र विस्कॉन्सिनमा ठूला जुलुसहरू आयोजना गर्ने भएका छन् ।

श्रोत :एनबिसी वाशिंगटन डटकम

प्रतिक्रिया