शनिबार, मंसिर १३ २०७७
काठमाडौं १८:५५
वासिङटन डिसी 08:10

भर्जिनिया फल्स चर्चमा एकाबिहानै छुरी प्रहारबाट ३ जना घाइते

इनेप्लिज २०७७ कार्तिक ८ गते १३:०३ मा प्रकाशित

भर्जिनिया फल्स चर्चमा एकाबिहानै छुरी प्रहारबाट ३ जना घाइते भएका छन । शनिबार बिहानै उक्त घटना भएको हो भने तीनै जनालाई अस्पताल भर्ना गरिएको छ । उक्त घटना शनिबार अक्टोबर २४ का दिन बिहान १२:४० मिनेटमा घटेको हो । फेयरफ्याक्स प्रहरीका अनुसार ६००० भवन समूह को नोलवुड ड्राइभमा छुरी प्रहार गरिएको प्रहरीले जनाएका छन् ।

छुरी प्रहार भएता पनि उनीहरुको अवस्था जोखिम नरहेको प्रहरीले बताएका छन् भने हाल सम्म संदिग्धको नाम भने सार्वजनिक गरिएको छैन ।

श्रोत : डब्लुटिओपी

प्रतिक्रिया