आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०३:३५
वासिङटन डिसी 16:50

जो बाइडेनको घरको अनुसन्धान गर्ने बाल अश्लीलताको आरोपित सशस्त्र व्यक्ति पक्राउ

इनेप्लिज २०७७ कार्तिक ८ गते १२:०५ मा प्रकाशित

डेमोक्र्याटिक दलका अमेरिकी राष्ट्रपतिका उम्मेदवार जो बाइडेनको घरको अनुसन्धान गर्ने बाल अश्लीलताको आरोपित सशस्त्र व्यक्तिलाई पक्राउ गरिएको छ ।

गत फेब्रुअरीको अदालतमा दाखिल गरिएको जानकारी अनुसार गत मे २०२० मा नर्थ क्यारोलाइनामा अत्यधिक सशस्त्रधारी व्यक्ति पक्राउ परेको जनाईएको छ । गत सेप्टेम्बरमा बाल अश्‍लील सामग्री राखेको आरोपमा बृहत न्यायिक समितिले उक्त व्यक्तिलाई अभियोग लगाएको उक्त कागजातमा उल्लेख गरिएको छ ।

उनले पूर्व उप राष्ट्रपति बाइडेनको निवास स्थान नजिक सम्म भ्रमण गरेका थिए भनि उल्लेख गरिएको छ ।

संघीय न्यायाधीशले हस्ताक्षर गरेको आदेश अनुसार गत मार्च २०२० र गत मे २०२० बीचमा अलेक्ज्याण्डर हिल ट्राइजम्यानले बाइडेनको घरको ठेगानामको अन्तर्जाल मार्फत खोजी गरेका थिए भनि न्यायाधिशले जनाएका थिए ।

न्यायाधिशका अनुसार उक्त व्यक्तिले बाइडेनको निवासको करिव ४ माईल भित्र यात्रा गरेको समेत जनाईएको छ ।

न्यायाधीशले उल्लेख गरेको प्रमाणहरूको सूचीमा ट्राइजम्यानले गत अप्रिल २०२० मा प्रकाशन गरेको एक अनलाइन मेमो (साङ्गणिक ज्ञापन) को शीर्षकमा “के मैले जो बिडेनलाई मार्नु पर्छ?”भनि लेखिएको समेत उल्लेख गरेका थिए ।

ग्रान्ड जुरी (बृहत न्यायिक समिति)ले ट्राइजम्यानलाई बाल अश्लील सामग्रीको लागि अभियोग लगाएका छन् । तर उनीसँग रहेको हतियारहरू वा बाइडेनलाई गरिएको उनको अनुसन्धान वा लेखनको सम्बन्धमा कुनै अभियोग लगाइएको छैन।

श्रोत :सिएनएन

प्रतिक्रिया