शनिबार, मंसिर २० २०७७
काठमाडौं ११:३१
वासिङटन डिसी 00:46

अमेरिकामा एकैदिनमा अत्यधिक कोरोनाबाट ८५ हजार संक्रमित र ९२५ जनाको मृत्यु

इनेप्लिज २०७७ कार्तिक ८ गते ११:१४ मा प्रकाशित

अमेरिकामा बिगतका तुलनामा एकैदिनमा कोरोनाबाट संक्रमित हुनेको संख्या अत्यधिक बढेको छ । अमेरिकामा संक्रमित हुनेको संख्या ८५ हजार ८५ पुगेको छ । यसै गरि कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ९ सय २५ पुगेको न्यूयोर्क टाइम्सले जनाएको छ ।

उक्त तथ्यांक गत शुक्रबार अक्टोबर २३ का दिन २४ घण्टामा लिइएको हो । गत बिहिबार भन्दा शुक्रबार पुन: संक्रमित र मृत्यु हुने दुवैको संख्यामा वृद्धि भएको छ ।

गत हप्ताको तुलनामा औसतमा ६४ हजार २ सय ५७ दैनिक संक्रमित भएको तथ्याँक न्यूयोर्क टाइम्सले प्रस्तुत गरेको छ । गत दुई हप्ताको तुलनामा औसतमा ३४ प्रतिसतले संक्रमितको संख्यामा वृद्धि भएको छ ।

अमेरिकाका ३४ राज्यहरुमा संक्रमण वृद्धि भएको छ भने शुक्रबार ४१ हजार कोभिड-१९ बाट संक्रमितहरु अस्पतालमा भर्ना भएका छन् । इलोनोइसका गभर्नरका नुसार गत हप्ताको तुलनामा अस्पताल भर्ना हुनेको संख्या १७ प्रतिसतले वृद्धि भएको जनाएका छन् ।

अमेरिकामा हाल सम्म २ लाख २८ हजार १ सय ३ को मृत्यु भएको छ भने ८६ लाख ५७ हजार मानिसहरु संक्रमित भएका छन् । अहिले सम्म करिव ३५ लाख २३ हजार निको भै सकेका छन् ।

श्रोत :जोन्स हप्किन्स बिश्वबिद्यालय/सिएनएन/न्यूयोर्क टाइम्स

प्रतिक्रिया