सोमबार, मंसिर १५ २०७७
काठमाडौं १०:३३
वासिङटन डिसी 23:48

नेपाली अमेरिकन सामुदायिक केन्द्र (NACC) को शुभकामना सन्देश!

इनेप्लिज २०७७ कार्तिक ८ गते १०:०३ मा प्रकाशित

नेपाली अमेरिकन सामुदायिक केन्द्र (NACC) नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा सम्पूर्ण सदस्य महानुभावहरु तथा स्वदेश र विदेशमा रहनुहुने समस्त दाजुभाई दिदी बहिनीहरुमा सुख,शान्ति, समृद्धि तथा उत्तररोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै आसन्न दीपावली, नेपाल वर्ष, म: पूजा, छठ पर्व, उभौली पर्व एवं क्रिस्मसको समेत यहॉहरुमा अग्रिम शुभकामना !

कोभिड-१९ को महामारीमा अझै पनि कुनै कमी नआएको हुंदा यसबाट बच्नसकिने वैज्ञानिक उपायहरु अपनाउंदै सकेसम्म जमघट नगरी आआफ्नै स्थानमा सुरक्षित तवरमा चाडबाडहरु मनाउनुहुन समेत न्याक अनुरोध गर्दछ।

न्याकले विजया दशमीको अवसरमा यस पटकदेखि हरेक वर्ष विधिपूर्वक जमरा राख्ने र समुदायलाई आवस्यकतानुसार वितरण गर्ने कार्य शुरु गरिरहेकोले यसबाट लाभान्वित हुनुहुन अनुरोध गर्दै दीपावलीको सन्दर्भमा यही नोभेम्बर ७ तारिक न्याकले आयोजना गर्न लागेको जुम देउसी भैली कार्यक्रममा सहभागिता जनाउनुहुन पनि हार्दिक अपील गर्दछ ।

यसैगरी न्याकले हाल भर्चुयल माध्यमबाट समुदायको हितमा संचालन गरिरहेका स्वास्थ्य, अध्यात्म, योगा, जुम्बा, न्याक जुनियर सम्बन्धी जनकल्याणकारी कार्यक्रमहरुमा सहभागी भएर यहॉहरुले लाभ लिनुहुने विश्वास गर्दछौं । मनाससमा खरिद गरिएको सामुदायिक भवन पुन:निर्माण गरी संचालनमा ल्याउन हाल इन्जिनियरिंग अध्ययन गर्ने र काउन्टीबाट स्वीकृति लिने काम भैरहेको जानकारी गराउदै घोषित दान रकम मासिक किस्ताबन्दीमा बुझाउन ए.सि.एच. बैंकिंगको समेत ब्यवस्था गरिएकोले यसमा सहभागी भैदिनुहुन अनुरोध गरिन्छ ।

न्याकले हालै भक्तालु दिदीबहिनीहरुको लागि जुमबाट तीजको पूजाआजा र नाचगानको कार्यक्रम गरेको थियो भने जनैपूर्णिमामा सामाजिक डिस्टेन्स कायम गरेर गुरुहरुबाट जनै तथा रक्षा बन्धन वितरण गरेको थियो ।

पुन: बडा दशैं, दीपावली लगायत सम्पूर्ण आसन्न चाडबाडको अवसरमा हार्दिक मंगलमय शुभकामना !!

भवदीय,
नेपाली अमेरिकन सामुदायिक केन्द्र- NACC

 

 

प्रतिक्रिया