लोक दलको दशैंको शुभकामना विज्ञप्ति

इनेप्लिज २०७७ कार्तिक ८ गते ९:४५ मा प्रकाशित

 

प्रेस विज्ञप्ति

नेपालीहरुको महान् पर्व विजया दशमी सम्पूर्ण नेपालीहरुको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको लागि कल्याणकारी बनोस् र पिछडावर्ग, गरिब, दलित, जनजातिहरुको हक अधिकार स्थापित गर्न गराउनमा मद्दत गरोस् भनी सबैमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

कमजोर, गरिब, पिछडा वर्गको अधिकारका लागि संघर्षरत पक्ष एवं समुदायबीच एकीकृतभई संघर्ष गर्ने समग्र शक्ति प्रदान गरोस् र आफ्नो लक्ष्य प्राप्तिमा विजय हासिल होस् भनी माता दुर्गा भवानीसँग कामना गर्दछौं।

अहिलेको त्रास्दीपूर्ण कोभिड–१९ महामारीको चपेटामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दछौं र उपचारार्थ सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस महामारीको समयमा सबै नेपालीहरुले स्वास्थ्य मापदण्ड अपनाई सुरक्षित साथ चाडपर्व बनाउन र खुशी साटासाट गर्न गराउन हार्दिक अनुरोध छ । विश्व छिट्टै यस महामारीबाट मुक्त हुने विश्वास गर्दै देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा पुनः सुख, समृद्धि तथा दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

जय समाज

(कौशल कुमार सिंह)
अध्यक्ष

प्रतिक्रिया