आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०४:३८
वासिङटन डिसी 17:53

तीन साहित्यिक कृति लोकार्पण

इनेप्लिज २०७७ कार्तिक ८ गते ९:३१ मा प्रकाशित

लन्डन, २३ अक्टोबर,

समकालीन साहित्य प्रतिष्ठान बेलायतको आयोजनमा भर्चुअल माध्यम बाट वरिष्ठ समालोचक प्रा.डा.गोविन्द प्रसाद भट्टराईले नेपालका वासुदेव अधिकारीको ‘वस्तीमा आगो’,अमेरिकामा बसोबास गर्ने साहित्यकार भारती गौतमको ‘विगत र बाडुली‘ र बेलायतका डा.उपाध्यायको ‘जदौ काठमान्डू’को सामुहिक लोकार्पण गर्नु भयो।

लोकापर्ण पश्चात बोल्दै प्रा.भट्टराईले नेपाल बाहिर बसोबास गरिरहेका नेपाली साहित्यकारका डायस्पोरिक साहित्यले नेपाली साहित्यलाई समृद्ध बनाइ रहेको र त्यहाँबाट राम्रा साहित्यिक कृतिहरु प्रकाशन भइरहको बताउनु भयो।उहाँले प्रवासमा रहेका नेपाली लेखक, साहित्यकारहरुलाई कलम चलाई रहन आग्रह गर्नुभयो।

समीक्षक डा. विदुर चालिसेले भारती गौतमको कृति ‘विगत र बाडुली’मा संवेदनात्मक यथार्थ घटनाको प्रस्तुती रहेको बताउनु भयो।

विमोचित कृति ‘बस्तिमा आगो’को समीक्षा गर्दै डा. लेख प्रसाद निरौलाले अधिकारीको कृति लक डाउनका बेलाको जिवन्त संस्मरणको रुपमा आएको बताउनु भयो।

अर्का समीक्षक प्रा. डा. लक्ष्मण प्रसाद गौतमले ‘जदौ काठमान्डू’ मा कविले बेलायतको परिवेश र सन्दर्भ राम्रो संग उजागर गरेको बताउनु भयो।यो कविता संग्रह भाव, अनुभूति र विचारका विविधतामय अभिव्यक्तिको संग्रह हो, गौतमले भन्नु भयो।

कवि वासुदेव अधिकारीले आफ्नो कविता सङ्ग्रह ‘बस्तिमा आगो’ लकडाउनको बेला लेखिएको काव्यिक डायरी हो भन्नु भयो।अमेरिका निवासी साहित्यकार भारती गौतमले आफ्नो जीवनको खुसी र वियोग लाई अक्षर मार्फत ‘विगत र बाडुली’मा व्यक्त गरेको कुरा बताउनु भयो।

कवि कृष्ण उपाध्यायले आफ्नो पहिलो कृति ‘प्रथम पुरुष’ पाठकले रुचाइ दिएकाले आफुले आफ्ना फुटकर कविताहरु समेटेर दोश्रो कृति ‘जदौ काठमान्डू’ प्रकाशन गरेको बताउनु भयो।

उक्त कार्यक्रममा श्रीओम श्रेष्ठ रोदन, डा. सावित्री श्रेष्ठ, छवि रमण सिलवाल, विश्वराज अधिकारी,जीवेन्द्र देव गिरी आदिले बोल्नु भएको थिय।यादव भट्टराईले संचालन गर्नु भएको कार्यक्रममा सभाध्यक्ष समकालीन साहित्य प्रतिष्ठान, बेलायतका अध्यक्ष तथा नियात्राकार कृष्ण बजगाईंले सन् २०१४ मा स्थापित प्रतिष्ठानले प्रवासन अनुसन्धानमूलक अर्धवार्षिक साहित्यिक जर्नल, समकालीन साहित्य डट कम र साहित्यिक पुस्तकहरु प्रकाशन गरिरहको जानकारी दिनु भयो।

प्रतिक्रिया