मंगलबार, साउन १२ २०७८
काठमाडौं ०५:४६
वासिङटन डिसी 20:01

लघु कथा : ब्रेक एनिभर्सरी !

दीपक पन्त २०७७ कार्तिक ८ गते ०:१९ मा प्रकाशित

मोबाइलको फेसबुक एप्समा केही भिन्न किसिमको कलरको पुञ्जहरुले केही सूचना आएको कुरा ब्लिकिंग गरि रहेको थियो।हतार हतार फेसबुक लग अन गर्यो ऊ अर्थात् रोहनले।चारतिर हरियाँ, निला र सेता फूलहरुको घेरामा लेखिएको थियो । “हेप्पी ब्रेक एनिभर्सरी” ।

ऊ अचम्भित भयो । यस्तो मेसेज उसले आजसम्म फेसबुकमा कहिल्यै देखेको थिएन।

बिस्तारै एपले भित्र पस्ने अनुमति दियो । मुब फरवार्ड गर्दै जाँदा अनौठो आकृति देखियो।

खोल्ने बित्तिकै प्रियाको हँसिलो तस्विर थियो र साथमा ऊ आफै।

डराई डराई क्लिक गर्दै गयो रोहनले।प्रिती र रोहनका प्रेमलापका हरेक विशेष गतिबिधिको सँगालोको एल्बम पो रहेछ त्यो त।अन्त्यमा अलि फरक साउण्ड एलर्ट गर्दै एक थप बिम्ब आयो र स्क्रिन प्यानलमा स्कुलर हुदै मेसेज थियो।“ब्रेक अप ब्रेक अप।”

दुइ तिर फर्केको फोटो सहित दरार देखा पर्यो।लगत्तै एप्सले कमाण्ड दियो “ डु यूउ वान अ शेयर ?”ऊ झस्कियो ।

के गरौ के नगरौ झैँ भयो।पुन मोबाइल ब्लिकिंग गर्यो । टुडे इज अक्टोबर ट्वान्टी थर्ड ,यु गाइज हयाब ब्रेक अप डे।

अक्टोबर ट्वान्टी थर्ड । अक्टोबर ट्वान्टी थर्ड ।। के रहेछ त् त्यो दिन ? रोहन सम्झने प्रयास गर्छ।

बर्ष दिन अघि आजैको दिन धुमधाम दशैँको पार्टी चलेको थियो।प्रिया र रोहणको पछिल्लोअन्तिम सम्बाद पनि त्यही दिन चलेको थियो।

हो , गत साल अक्टोबर ट्वान्टी थर्ड का दिननै दशैँ पार्टीमा रोहन र प्रियाको भनाभन भएको थियो।केहि दिन देखि सामान्य बिषयको बिबाद बढ्दै जाँदा सोहि दिन अलि उग्र डिस्कस हुन् गइ ब्रेक अप सम्म पुगेको थियो।कारण थियो प्रियाको जीवनमा उत्तमको हिमचिम।

उत्तम एक सफल व्यवसायी थियो।रोहनले नै उत्तम र प्रियाको चिनजान गराएको थियो।समयको गति संगै प्रियाले आफ्नो रफ्तार उत्तम संग बढाएकी थिइ।जुन कुरा बाहिरी हल्ला मात्र सम्झेको रोहनले पार्टीमा उनिहरुको रबैया देख्दा आपत्ति जनाएको थियो।जसमा प्रियाले आफ्नो सम्बन्धलाई कुन अधिकारले बेईज्जत गरेको र हैकम लाउन खोजेको जस्तो संवादले रोहन र प्रिया बीच ब्रेक अप हुन् पुगेको थियो ।

ब्रेक अप पछिका दिनहरुमा पनि प्रिया र रोहनले एक अर्कालाई नसम्झेको कहाँ हो र ? तर मानब स्वभाब न हो इगो रुपमा दुबैमा रही रह्यो।दैनिक घन्टौ घण्टा एक अर्का सँग बोलेर दुख : सुखसाटी रहने रोहन र प्रिया बीच बोलचाल बन्द भो । लामो समय नबोले पछि बोल्ने बिषयहरु पनिनहुदो रहेछ । तैपनि नयाँ बर्षको शुभ कामना दिन रोहनले गरुङ्गो मन लिएर फोन गरेको थियो।तर व्यस्तता वा किन हो प्रियाले रिसिब गरिनन् भने रोहनको बर्थ डे मा आएको प्रियाको कल पनि रोहनले र्रिसिब गर्न सकेको थिएन ।

साच्चै भनौ भने गत सालको दशैँ पार्टी पछि रोहन र प्रिया कुनै भेला ,सम्मेलन, भोज मन्दीर कहिँ पनि आमने सामने हुने अवसर नै मिलेको थिएन ।

यस्तो अबस्थामा फेस बुक एपले गरेको अनुरोध लाई पब्लिक्ली सार्बजनिक गर्नू रोहनको लागि पनि सहज थिएन।तर यो डेटलाई नै कसरी कोड गरेर टाइटल क्लिप बनायो भन्नेमा चाँही सोच्न थाल्यो।

अनि मस्तिष्क लाई गहिरो झड्का दिदै सम्झना गहिर्याउदै जाँदा उत्तर पनि फेला पार्यो।पार्टी बंक गरेर घर फर्के पछि नशा र पिडाको तालमा मोबाइल भित्रको क्यारेण्डरमा अक्टोबर ट्वान्टी थर्ड लाई “ब्रेक डे” टाइटल दिइ सेभ गरेको ।

मनमनै हास्यो र भन्यो।जे होस् । यो फेसबुकले नि । हसाउने र रुवाउने सबै गर्ने भयो है ? गाडीको ब्रेक,साइकलको ब्रेक मात्र अनुभूत गरेको रोहन लाई आफ्नो प्रेमिकाको प्रेम रुपी ब्रेक अपले ब्रेक भनेको रोकिनु मात्र नभई कति पिडा दाइ हुने रहेछ भन्ने कुरा समयले सिकाइ सकेको थियो।

तै पनि प्रियासँगका स्वप्निल पलहरुको समिश्रणको संग्रह स्वरुप प्राप्त भिडियो ल्किपले जगाएको स्मरण लाई पुन : आखाँ अगाडि नघुमाई बस्न सकेन । अनि दोधार मन लिएर पुन फेसबुकलेबनाएको ल्किप हेर्यो । आखाँ भरि सम्झनाका कोशेलीहरु टप्कायो।

शेयर गरि पब्लिक्ली गरौ या नगरौ दोधारमा पर्यो।फेरि मन समाल्दै भन्यो यो त् तेरा लागि पो फेसबुकले यादगार दिन बनाइ दिएको।शेयर गरेर आफ्नो मायालाई पनि कहिँ बजारमा लिलाम गर्न सकिन्छ र ? भलै मायालुहरु ठुलो मूल्यका आसमा बजारमा तिर धाउन प्रयत्न गरुन ।

यत्तिकैमा फोनको घन्टी बज्छ ।सोच भंग मनले कलर पहिचान बिना नै फोन रिसिब गर्छ हे लो ? प्रति उत्तरमा कोहि बोल्दैन । फेरि बेस्सरी कराउछ रोहन ,हलो ? मधुरो बसेको स्वरले मन्द आबाज आउछ । सन्चै छौ ?

को बोल्नु भा ‘ मैले चिनिन नि रोहन प्रश्न गर्छ ?

म प्रिया । कोलोराड़ोबाट।जवाफ आउछ ।गत जनवरी देखि उत्तमले नयाँ बिजनेस लिएर म यतै बसेकी छु । त्यताबाट हिड्ने बेला अलि हतार भएकोले मैले फोन पनि गर्न भ्याइन क्या ।

रोहन अक्क न बक्क हुन्छ ।

हेरन हामी अहिलेको कोभिड पेन्डामिकको शिकार भएका छौ।उत्तम र म दुबै ,क्वारेण्टिन मै छौ।ऊ पल्लो कोठामा छ ,म यता ।

यसो फेसबुक चलाएर दिन कटाउ भनेको ।पोहोर सालको दशैको पार्टीको तिम्रो नाचँ रहेछ।अनि धेरै सम्झीए।अनि फोन गरेको नि ?

तिमी त् सन्चै छौ होला नि है ? आम सरि रोहन । एकै बाक्यमा बोलि बिस्तार लगाई प्रियाले ।

गरुङ्गो मन लिएर रोहनले बोल्यो इट्स ओ के । सरि टु हियर / यू हयाब कोभिड ।

गेट वेल सुन |। प्रे टु गड ।

यत्तिकैमा गरुङ्गो खोकीको आबाज आयो।

ल ल आराम गर्नु । मन भारी बनाएर फोन डिस्कनेट गर्यो रोहनले ।

अनि सोच्यो धन्य ब्रेक एनिबर्सरी ।

ब्रेक नै भए नि । एनिबर्सरी सम्झेर मनाउ भनेको त् आखिर फेरि कोरोना ब्रेक खबर दिएर गयौ त् बा ।

आखिर यो ब्रेक शब्द नै पिडा दाइ हुने रहिछ क्या ? मन अमिलो बनाएर आकाशतिर हेर्न थाल्यो । नीलो आकाशको स्वाच्छतालाई कालो बादलले घेरा हाल्दै उज्यालो लाइ बिस्तारै निल्दै गएको थियो ।

दीपक पन्त ,मिल्वाकी ,अमेरिका

प्रतिक्रिया