गायिका सराना श्रेष्ठको स्वर भएको ‘एकतर्फी माया’ भिडियोमा नायिका स्वेता खड्काको अभिनय

इनेप्लिज २०७७ कार्तिक ७ गते २१:२३ मा प्रकाशित

गायिका सराना श्रेष्ठको स्वर दिएको एक तर्फी माया गीतको भिडियोमा नायिका श्वेता खड्काले भूमिका निर्वाह गरेकी छिन् । सुरेन्द्र श्रेष्ठको संगीत रहेको गीतका शब्द वरिष्ठ हाँस्य व्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठले लेखेका हुन् । सराना मदनकृष्ण श्रेष्ठकि सुपुत्री हुन् । गायिका सराना नेपाल गएको समयमा आफ्ना पिताको दैनिकी(डायरी)देखे पछि भिडियो (श्रब्य दृश्य) बनेको हो । गीत ३० बर्ष अगाडी लेखेको हो ।

नायिका श्वेता खड्काको काया फिल्मले निर्माण गरेको भिडियोको अवधारणा तथा निर्देशन गायिका सराना श्रेष्ठले नै गरेकी हुन् ।‘एक तर्फी माया’ गीतको भिडियोमा अभिनेत्री श्वेता खड्का, अभिनेता अनुपविक्रम शाही र निराजन प्रधानले खेलेका छन् । हरेक व्यक्तिको एक तर्फी माया हुन्छ कुरा उक्त गीतको भिडियोद्वारा देखाउन खोजिएको छ ।

गीतको भिडियोलाई गम्भीर बिस्टले नृत्य निर्देशन (कोरियोग्राफी )गरेका छन् । नबराज उप्रेतीको छायाँकन रहेको भिडियोको गीतलाई शाहील खान र मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।

‘एक तर्फी माया’ गीतको भिडियो मार्फत श्वेता खड्काले आफ्नो आधिकारिक युटुव च्यानल “क का की”पनि सञ्चालनमा ल्याएकी छिन् ।

 

प्रतिक्रिया