मंगलबार, मंसिर १६ २०७७
काठमाडौं १८:१३
वासिङटन डिसी 07:28

भर्जिनियामा मादक पदार्थ सेवनगरी बिपरित बाटोमा गाडी दुर्घटना हुँदा एक महिलाको निधन,२ बच्चाहरु घाइते

इनेप्लिज २०७७ कार्तिक ७ गते १६:३६ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यमा मादक पदार्थ सेवनगरी बिपरित दिशामा गाडी कुदाउदा महिलाको निधन भएको छ । यसै गरि उक्त दुर्घटनामा २ बच्चाहरु घाइते भएका छन ।

दुर्घटना भए पछि उक्त चालकलाई प्रहरीले पक्राउ गरेको छ । भर्जिनियाको लेक रिज भन्ने स्थानमा गत बिहिबार बिहान दुर्घटना भएको थियो । प्रिन्स विलियम काउन्टीका प्रहरीका अनुसार वुडब्रिजका २६ बर्षिय रोनाल इरिबर्टो गुइलेन ग्लेनरिज ड्राइभ (मार्ग)मा सवारी साधन हाकी रहेको समयमा उनले स्प्रिंगवुड्स ड्राइभ (मार्ग)मा बायाँ मोडेर दक्षिण जाने क्रममा उक्त घटना भएको हो ।

प्रहरीका अनुसार उनि निरन्तर गलत अर्थात् बिपरित दिशा तर्फ अगाडी बढेको जनाएका छन । दुर्घटना हुँदा ३२ बर्षिय लताजा ईकिया रिना विकिन्स नामकी महिलाले पेटी लगाएकी थिइनन ।

उनि घाइते भए पछि अस्पताल लागिएको थियो भने जहाँ उनको चोटपटकबाट निधन भएको छ । उक्त सवारी साधनमा ८ बर्षिय बालिका र ६ बर्षिय बालक पछाडी बसेका थिए । दुवैले पेटी राम्रो संग लगाएका प्रहरीले जनाएका छन ।

गुलियन नामक चालक एकल थिए भने दुर्घटनामा उनलाई कुनै चोटपटक लागेको छैन । प्रहरीका अनुसार उनले मादक पदार्थ सेवन गरेको विश्वास गरेका छन् भने उनले पक्राउ गरिएको छ ।

उनि जनवरी १९ ,२०२१ मा अदालत हाजिर हुनेछन ।

श्रोत :डब्लुटिओपी ; तस्बिर : प्रिन्स विलियम काउन्टी प्रहरी बिभाग

प्रतिक्रिया