आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०४:२०
वासिङटन डिसी 17:35

अमेरिकामा एकैदिनमा कोरोना संक्रमित हुनेको संख्या ७१ हजार, मृत्यु हुनेको संख्या ८५६

इनेप्लिज २०७७ कार्तिक ७ गते ११:०७ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७१ हजार ६ सय ७१ पुगेको छ । यसै गरि कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ८ सय ५६ पुगेको जोन्स हप्किन्स बिश्व बिद्यालयले जनाएको छ ।

उक्त तथ्यांक गत बिहिबार अक्टोबर २२ का दिन २४ घण्टामा लिइएको हो । गत बुधबार भन्दा बिहिबार पुन: संक्रमितको संख्यमा वृद्धि वृद्धि भएको छ ।

अमेरिकामा हाल सम्म २ लाख २७ हजार २ सय ४८ को मृत्यु भएको छ भने ८५ लाख ७० हजार मानिसहरु संक्रमित भएका छन् । अहिले सम्म करिव ३५ लाख ६ हजार निको भै सकेका छन् ।

श्रोत :जोन्स हप्किन्स बिश्वबिद्यालय/सिएनएन

प्रतिक्रिया