अब राजा र सेनाहरु मिल्नुपर्छ । विक्रम सम्वत २०४७ सालको संविधान जीवित छ ।

इनेप्लिज २०७७ कार्तिक ७ गते ८:०३ मा प्रकाशित

विक्रम सम्वत २०४७ सालको संविधान जीवित छ । सेनाहरुलाइ म के भन्छु भने सकभर सत्ता कब्जा गरी मुलुकमा सैनिक शासन लागु अर्थात नागरिक सरकार गठन गर्नुहोस सक्नुहुन्न भने विक्रम सम्वत २०४७ को संविधान बमोजिम राजा ज्ञानेन्द्रलाई भएपनि सहयोग गर्नुहोस । प्रधानमन्त्री, मन्त्रीहरु, ८८४ जना सांसदहरू, नेताहरु र यिनका वरिपरि आसेपासे कार्यकर्ताहरु गरेर चार पाँच हजार जना हुन्छन । सेनाहरुले यी सबै जनाको चाकरी र नानाथरी हेपाइ सहनु भन्दा एक मात्र राजा ज्ञानेन्द्रको हुकुम र आदेशको पालना गर्नु ठिक होला जस्तो मलाई लाग्छ । सेनाहरुले हैसियत नभएकाहरुलाई दिनरात सलामी ठोक्नु भन्दा राजा ज्ञानेन्द्रलाई साथ दिन उपयुक्त हुन्छ ।

यसकारण अब राजा र सेनाहरु एक आपसमा मिल्नुपर्छ । विगतमा भएको कमि कमजोरी हरुलाई मनन र आत्मसात गर्दै राजा र सेनाहरु मिल्नु बाहेकको अरु कुनै विकल्प मैले देखेको छैन । राजा र सेनाहरु मिली प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री, सांसदहरू, सभासदहरु, राजनीतिक दलका नेताहरू, नगर प्रमुख, उपमेयर, वडाध्यक्ष र सदस्य आदि आदि जस्ता जोसुकै होस गलत काम गर्नेहरुलाई कार्वाही गरी राज्यकोष ढुकुटी दुरुपयोगबाट आर्जन गरेको अवैध सम्पत्ति राष्ट्रियकरण गरी मुलुकको विकास निर्माणमा लगाउनुपर्छ ।

हाम्रो मुलुकमा कोरोना भाइरस संक्रमणको महामारीमा नागरिकहरुको उपचार गरिन्न भनेर सरकार आफ्नो दायित्व र जिम्मेवारी बाट पन्छिएको छ यसरी सरकार पन्छिन मिल्छ ? अदालतको आदेशलाई समेत अपहेलना गरेका छन । कोरोना भाइरस संक्रमणको महामारीमा नागरिकहरुको नि:शुल्क उपचार गर्नुको सट्टा उल्टै मन्त्रीहरु र सांसदहरूले दशैं खर्च बापत भत्ता लिनेे भनेर निर्णय गर्ने ? विरोध आउन थालेपछि चर्चामा आउन र सेलिब्रेटी कमाउन भत्ता छोडे भन्ने मानवता र नैतिकता नभएकाहरु ? कोरोना भाइरसको महामारीमा बाहिरी मुलुकहरुले आ आफ्नो नागरिकहरुका लागि राहतका प्याकेजहरु ल्याएका छ्न । हाम्रो मुलुकमा खडा गरिएको कोरोना कोष के को लागि हो ? हाम्रो मुलुकको सरकार कोरोना कोषको दुरुपयोग गरिरहेकोे छ । यसकारण तत्काल कोरोना कोष खारेज गरिनुपर्छ ।

हाम्रो मुलुकमा सबैभन्दा कमी कमजोरी नै न्यायलयमा छ । न्यायलय नै निष्पक्ष छैन । यसकारण दण्डहीनता दिन प्रतिदिन बढदै गएको छ । ठुला बडालाई चैन सानालाई ऐन भने जस्तै छ । पुष्पकमल दाहालले स्वतः मैले पाँच हजार मान्छे मारेको हो भनेर सामाजिक संजाल र मिडियामा आइरहेको छ कार्वाही हुँदैन किन ? सर्वोच्च अदालतमा अग्नि सापकोटा विरुद्ध अर्जुन बहादुर लामा लाई मारेकोमा रिट पर्न गएको थियो । तर, सर्वोच्च अदालतले अग्नि सापकोटा लाई कार्वाही गरेन किन ? सबभन्दा खराबी नै न्यायलयमा छ ।

सर्वोच्च अदालतका बुद्धिजीवी प्रधानन्यायाधीशहरु, न्यायाधीशहरु रहनु भएका र हाल भएका त्यस्तै जिल्ला अदालतका र पुनरावेदन अदालतका न्यायाधीशहरु तथा बुद्धिजीवी वकीलहरुलाई मेरो पहिलो प्रश्न छ राजनीतिक गर्ने हरुलाई नेपालको कानुनले जस्तोसुकै अपराध गर्न पनि छुट दि राखेको छ होइन र ?

न्यायलयको गलत निर्णयको असर जनमानसमा देखा पर्न थाली सकेको छ । नेताहरुलाई भने केही नहुने हामी सर्वसाधारणलाई मात्र कानुन ? सर्वोच्च अदालत, जिल्ला अदालत र पुनरावेदन अदालतका बुद्धिजीवी प्रधानन्यायाधीशहरु, न्यायाधीशहरु र वकीलहरु लाई मेरो दोस्रो प्रश्न नेपालमा अब तीस हजार मान्छे मार्नेको उदय भयो भने के गर्नुहुन्छ ? एउटाको देखासिकी अर्कोले गर्छ होइन र ?

सत्र हजार मार्ने हरुलाई छुट दिने न्यायालयले पक्कै पनि तीस हजार मार्ने हरुलाई कसरी सजाय दिन सक्छ ? यसकारण वास्तविकमा मेरो भनाई के हो भने न्यायालय निष्पक्ष हुनुपर्छ ।

हाम्रो मुलुकमा विकास निर्माणको नाममा काम चलाउ कार्य गरी जताततै ठगी गर्ने काम भइ राज्यकोष ढुकुटी दुरुपयोग भएको छ । जताततै विकृति, बेथिति, अराजकता र लथालिङ्ग छ । चित्त बुझाउने ठाउँ कतै बाट छैन । २०६२/०६३ साल पछि प्रधानमन्त्री, मन्त्रीहरु, सभासदहरु, सांसदहरू र राजनीतिक दलका नेताहरूको कारण मुलुकको स्वाधीनता धरापमा परेको छ । इतिहासमा नै । २०५२ साल देखि आजसम्म मुलुक संक्रमणकाल अवस्था बाट चलेको छ भन्ने कुरा हामी सबैलाई जग जाहेर नै छ ।

यसकारण विगतमा भएका कमि कमजोरी हरुलाई मनन र आत्मसात गर्दै राजा ज्ञानेन्द्र र सेनाहरु छिटो भन्दा छिटो मिलिजुली अब मुलुकको विकास निर्माणमा सराहनीय भुमिका खेल्नुपर्छ र मुलुकलाई सहि दिशा तर्फ लानुपर्छ भन्ने मेरो चाहना रहेको छ । भुकम्प पीडितहरुको नाममा आएको राहतहरु समेत पचाउन पछि परेनन । कोरोना भाइरस संक्रमणको नाममा पनि अर्बौंको भ्रष्टाचार भएको छ । लुटतन्त्र हो यो, हाम्रो मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको दुरुपयोग भयो । कालमार्क्स, लेलिन, स्टालिन, पुटिन र माओसेतुङ्ग वास्तविक कम्युनिस्ट हुन । हाम्रो मुलुकमा कालमार्क्स, लेलिन, स्टालिन, पुटिन र माओसेतुङ्गको नाममा जतिसक्दो लुटने कार्य भएको छ । यसकारण राजा ज्ञानेन्द्र र सेनाहरु मिली मुलुकमा तत्काल दुरदृष्टि र दुरदर्शिता सोचका साथ विकास र आधुनिक परिवर्तनका लागि अघाडी कदम चाल्न हुन आवश्यक छ ।

स्वतन्त्र नेपाली नागरिक: राकेश कुमार शर्मा, जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२

 

प्रतिक्रिया