आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०३:५०
वासिङटन डिसी 17:05

जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन चिकेन वितरण गर्यो।

इनेप्लिज २०७७ कार्तिक ७ गते ७:५३ मा प्रकाशित

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले बुधवार, अक्टोवर २१, २०२० का दिन निशुल्क खाधन्न वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। निशुल्क खाधन्न वितरण कार्यक्रम न्युयोर्क शहरको क्वीन्स बोरो स्थित विभिन्न संघ-सस्थाहरु मार्फत गर्यो। २९औं पटकको निशुल्क खाधन्न वितरण आज दिउँसो ३ बजे सम्पन्न भयो।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले रिभर फण्ड का मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेन सँग सहकार्य गरी ५७६ बक्स निशुल्क दुग्धजन्य पदार्थहरू, फ्रोजन चिकेन, तरकारी र फलफुल वितरण गरेको यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे जानकारी गराउनु भयो।

गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिकाले न्युयोर्कको क्वीन्समा रहेका संघसंस्थाहरु क्रमश: वालुङ किदुग युएसएलाइ ४८ बक्स, मनाङ समाज अमेरिका-४८ बक्स, भुटानी ऐसोसिएसन न्युयोर्क अमेरिका-७२ बक्स, राम खड्का १५ बक्स, टेक बा. कार्की+पुष्कर बराल+सोनम गेलु शेर्पा ४८ बक्स, दोलखा लामा बगर २४ बक्स र लाईन मार्फत सार्वजनिक बितरण ३२१ बक्स निशुल्क दुग्धजन्य पदार्थहरू, फ्रोजन चिकेन र फलफुल गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिकाले वितरण गरेको थियो।

फाउन्डेसनको निःशुल्क खाधन्न वितरण कार्यक्रममा तन, मन र बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवं समुदाय सम्बन्ध निर्देशक छिरीङ्ग राप्के लामा, केन्द्रीय सदस्यहरु क्रमशः राम चन्द्र अधिकारी, सुर्य सिमखडा र सुश्री दावा शेर्पा-महिला संयोजक खटिएका थिए भने स्वयंसेवीहरु ने.का. युवा नेता क्रमशःसाङतेम्बा शेर्पा, फुर्पा शेर्पा, छेवाङ शेर्पा, आङ पासाङ शेर्पा, सेरगेल्पु शेर्पा, दावा शेर्पा, रिनजेन शेर्पा, सानु शेर्पा, टंक खडका, ने. का. नेत्री कमला पन्त-न्युयार्क लगायत खटिएका थिए ।

यसै फाउण्डेशन लाई T-shirts प्रिन्ट गर्न दान गरेर सहयोग गर्नु हुने क्रमशः बिरेन्द्र मानन्धर-$१००, वकिल नरेश गेहि- $१८०, यसै फाउण्डेशनका मानार्थ सदस्य द्वय शान्त रीसाल-$२० र शान्त थापा मगर-$२० दानवीर हरुलाई फाउण्डेशन हार्द्वीक आभार प्रकट गर्दछ।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले रिभर फण्ड का मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेन लाई धन्यवाद एंव आभार प्रकट गर्द छ।

 

प्रतिक्रिया