बुधबार, मंसिर १० २०७७
काठमाडौं १३:२६
वासिङटन डिसी 02:41

ग्यालअप: धेरै अमेरिकी मतदाताहरू भन्छन् ट्रम्प दोस्रो कार्यकालको लागि योग्य छैनन

इनेप्लिज २०७७ कार्तिक ६ गते २१:०५ मा प्रकाशित

ग्यालअपले बिहिबार एक मत सर्वेक्षण गर्दै धेरै अमेरिकी मतदाताहरू ट्रम्प दोस्रो कार्यकालको लागि योग्य छैनन भनि सर्वेक्षणको नतिजामा जनाएको छ । र करीव ७० प्रतिशतले भने कि कंग्रेसका अधिकांश सदस्यहरू पनि यस्तै योग्य छैनन भनी ग्यालअपले सर्वेक्षण गरेको छ ।

सन् २०१६ मा पनि मत सर्वेक्षणमा राष्ट्रपति डोनाल्ड ट्रम्प बारेमा यस्तै अनगिन्ती सर्वेक्षण/समाचार आएता पनि आश्चर्यजनक रुपमा बिजयी भएका थिए । र बिश्वलाई नै चकित बनाएको कुरा जग जाहेर छ ।

तथापी सन् २०१६ जस्तो निर्वाचन राष्ट्रपति ट्रम्पले जित्न भने सरल रुपले गाह्रो छ । गोप्य मतदान भएकोले नोभेम्बर ३ पछि नै छिनोफानो हुनेछ ।

सेप्टेम्बर ३० देखि अक्टूबर १५ बीच गरिएको सर्वेक्षणले ५६ प्रतिसत दर्ता भएका मतदाताले ट्रम्प दोस्रो कार्यकालको लागि योग्य छैनन् भनेका छन् । थप रूपमा ६८ प्रतिसतले भने “धेरै” संघीय सांसद पनि कांग्रेसमा आफ्नो सीट राख्न योग्य छैनन भनेका छन ।

यो सर्वेक्षण ट्रम्प र डेमोक्र्याटिक उम्मेद्वार जो बाइडेन बीच भएको पहिलो राष्ट्रपति बहस पछि गरिएको थियो ।

सर्वेक्षण अनुसार ४३ प्रतिसत मतदाताले ट्रम्पलाई पुनः चुनावको लागि योग्य छन भनेका छन् । र ,२९ प्रतिसत अधिकांश कांग्रेसका सदस्य पनि पुन :निर्वाचितको लागि योग्य भएको बताए ।

यद्यपि ६० प्रतिसतले भने कि कांग्रेसमा उनीहरूका जिल्ला प्रतिनिधिहरू आफ्नो निर्वाचन सिट(स्थान) राख्न योग्य छन भनि सर्वेक्षणमा भनेको छ । ग्यालअपले १९९८ देखि यस्तो सर्वेक्षण गर्दै आएको जनाउदै कम्तिमा ५० प्रतिसत उत्तरदाताहरूले उनीहरुका प्रतिनिधि पुनः चुनावको योग्य छन भनि उल्लेख गरेको छ ।

“ट्रम्प दोस्रो कार्यकालमा पुनः निर्वाचनको लागि योग्य भएको कुरा गर्ने मतदाताहरूको प्रतिशत गत जनवरीको तुलनामा ७ प्रतिशत अंकले मुनि झरेको ग्यालअपले जनाएको छ ।

राजनैतिक हिसावले रिपब्लिकनहरु ९३ प्रतिसत,स्वतन्त्र ३६ प्रतिसत र ३ डेमोक्र्याटसहरुले ट्रम्प दोश्रो कार्यकालका लागि योग्य छन् भनेका छन् ।

श्रोत : यूपीआई/अन्य श्रोत

प्रतिक्रिया