आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०३:३४
वासिङटन डिसी 16:49

अमेरिकामा हप्तामा ८ लाख मानिस बेरोजगार भएको भन्दै सुबिधा लिन दरखास्त

इनेप्लिज २०७७ कार्तिक ६ गते १३:५८ मा प्रकाशित

अमेरिकामा गत हप्ता करिव ८ लाख मानिसले बेरोजगारी फाईदा लिन दरखास्त दिएका छन । जुन गत मध्य मार्च देखि पहिलो पटक यति धेरै मानिसहरुले निवेदन दिएका हुन् ।

अमेरिकी श्रम विभागले बिहिबारअक्टोबर २२ का दिन उक्त तथ्यांक सार्वजनिक गरेको छ । अझ पनि लाखौ मानिसहरु बेरोजगारी राहत लिन प्रतिक्षारत छन् ।
विभागका अनुसार गत हप्ता मात्र ७ लाख ८७ हजारले पहिलो पटक लामो समय पछि त्यति दाबी गरेको उल्लेख गरेको छ ।

उक्त बेरोजगारी सुबिधा सबै राज्यहरुमा निवेदकहरुले पाउने छैनन । गत हप्ता मात्र ३ लाख ४५ हजार ४ सय ४० जनाले पियुए (प्यानडेमिक अनइम्प्लोईमेन्ट एसीसटेन्ट – महामारी बेरोजगारी सहायता ) को लागि निवेदन दिएका थिए ।

प्रथम पटक निवेदनको दावी गर्ने सहित गत हप्ता ११ लाखले मौसमी समायोजनहरू बिना निवेदन दिएको जनाएको छ ।

श्रोत :सिएनएन

प्रतिक्रिया