शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं २०:४०
वासिङटन डिसी 09:55

मेरिल्याण्डका एक मानिसले कमला ह्यारिस र जो बाइडेनलाई अपहरण र मार्ने धम्कि दिएकोमा पक्राउ

इनेप्लिज २०७७ कार्तिक ६ गते २:०३ मा प्रकाशित

मेरिल्याण्डका एक मानिसले डेमोक्र्याटिक दलका उप राष्ट्रपतिका उम्मेदवार कमला ह्यारिस र राष्ट्रपतिका उम्मेदवार जो बाइडेनलाई अपहरण र मार्ने धम्कि दिएकोमा पक्राउ उनलाई पक्राउ गरिएको छ ।

उक्त व्यक्तिलाई बुधबार अक्टोबर २१ का दिन पक्राउ गरिएको प्रहरीले जनाएका छन । उनले एक पत्र मार्फत उक्त धम्कि दिएका थिए । उनले आफ्नो छिमेकीको ढोकामा छोडेको पत्रमा उम्मेदवारहरूलाई सहयोग पुर्‍याउने संकेतहरू थिए।

अनुसन्धानकर्ताका अनुसार मेरिल्याण्ड फ्रेडेरिकका ४२ बर्षिय जेम्स डेल रिड ले आफू राजनैतिक अवस्थाबाट निरास भएकोले उक्त चिट्ठी लेखेको बताएका थिए । रिडलाई बाल्टिमोरको संघीय अदालतमा अपराधिक उजुरी सहित मुद्धा दर्ता गरिएको छ । हाल उनलाई राज्यको हिरासतमा राखिएको छ ।

उनले गत अक्टोवर ४ का दिन ढोकामा आफ्नो छिमेकी कहाँ उक्त पत्र बिहानै छोडेर गएको भिडियो मार्फत देख्न सकिन्छ । छिमेकीले म उनलाई चिन्दिन भनेका छन ।

“हामी यस किसिमको धम्कीलाई गम्भीरताका साथ लिन्छौं,” एक विज्ञप्तिमा भनिएको छ । “हिंसा गर्न यस्ता खतरा गैरकानूनी हो र हाम्रो लोकतन्त्रमा यसको कुनै ठाउँ छैन, र हामी तीहरुलाई जवाफदेही बनाउनेछौं।”

उक्त पत्रमा डेमोक्र्याटहरू विरुद्ध हिंसाको धम्की दिइएको छ र भनिएको छ कि “हजुरबा बाडेन ” र ह्यारिस दुबैलाई हमला गरी मारिनेछ, गुप्तचर सेवा अभिकर्ताको सपथ पत्रमा उक्त कुरा उल्लेख गरिएको छ ।

श्रोत :एपी/डब्लुटिओपी

प्रतिक्रिया