आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०५:०६
वासिङटन डिसी 18:21

कलिउड नाईट-फर्केर हेर्दा कार्यक्रम सम्पन्न ,को कसले के के भने ?

विजय थापा २०७७ कार्तिक ६ गते ०:२८ मा प्रकाशित

डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रमा सन् २०१७ देखि कलिउड नाईट गराउदै आएको यस बर्ष महामारीको कारण आयोजना गर्न असमर्थ भएता पनि जुम पद्धतीको मार्फत कलिउड नाईट-फर्केर हेर्दा कार्यक्रम सम्पन्न गरेको छ ।

गत अक्टोवर १८ का दिन बिहान ११ बजे कार्यक्रम सुरु गरि कलिउड नाईट २०१७-२०१९ मा प्रस्तुत गरिएका कलाकारहरुको विभिन्न आकर्षक प्रस्तुतिहरु देखाइएको थियो ।

साथै के सी डान्स सेन्टरका नाँच सिक्ने बालिकाहरुको बेजोड प्रस्तुतीहरुलाई समेत प्रस्तुति गरिएको थियो । उक्त कार्यक्रममा कलिउड नाईट २०१७-२०१९ लाई सफल बनाउने चर्चित कलाकारहरु सहित वरिष्ठ लोक गायक प्रेम राजा महत उक्त कार्यक्रमका प्रमुख अतिथि रहेका थिए ।

साथै जुम मार्फत कलाकारहरुमा सारंगा श्रेष्ठ, झरना थापा, अमृत लामा, यज्ञमान शाक्य, संजीप प्रधान, नलिना चित्रकार,सरिष्मा अमात्य, रीमा के सी, राहुल के सी, सुनिक्षा मैनालीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने विभिन्न वक्ताहरुमा साहित्यकार बसन्त श्रेष्ठले कला संस्कृति र शिक्षाको लागि अग्रणी सँस्था केसी डान्स सेन्टर भनि प्रशंसा गरेका थिए । यसै गरि एनपीपीएकी पूर्व अध्यक्ष सरोज देवी प्रजापतिले नविन केसी तथा लुना श्रेष्ठले समुदायलाई एकदम सहयोग गरि रहनु बताइन ।

अर्का सामाजिक अभियन्ता प्रेम संग्रौलाले केसी डान्स सेन्टरले संस्कृति सिकाएको छ भाषा सिकाएको चर्चा गरे भने कलाकार सारंगा श्रेष्ठले आफूले प्रस्तुति गर्न पाएकोमा गदगद भएको बताइन ।

न्याक की कल्पना सत्यालले न्याकको उद्धेश्य र दर्शन (मिसन र भिजन )र केसी डान्स सेन्टरको एक्सन उस्तै भएको चर्चा गरिन भने नेपालबाट जुममा जोडिएर निर्मात्री तथा नायिका झरना थापाले मलाई केसी डान्स सेन्टरले मौका दिएकोमा धन्यवाद दिएकी थिइन् ।

प्रमुख अतिथि प्रेमराजा महतले २०१७-२०१९ सम्म गरेका सबै कार्यक्रमहरु सबैलाई थाहा भएकै बताए । महत सवारी साधन यात्रा गर्दै बीच बाटोबाटै जोडिएर २०२० मा हुने कार्यक्रम म पनि तयार थिए उनले भने । महामारीको कारण यस पटक नभएता पनि २०२१ मा भब्य मनाउनु पर्ने उनले बताए ।

यसै गरि डिसी क्षेत्रका सामाजिक अभियन्ताहरुमा क्रमस प्रेम संग्रौला, बसन्त श्रेष्ठ, सरोज प्रजापति, कल्पना सत्याल, सुनिता खत्री, ददि ढुंगाना समेतको उपस्थिति रहको थियो । विभिन्न व्यक्तिहरुले बोलेका थिए र शुभकामना दिएका थिए ।

कलिउड नाईट २०१९ का कार्यक्रम संचालक द्वय समिक्षा सापकोटा र रिचा ढकाल पनि जोडिएका थिए भने जुममा संचालन भएको कार्यक्रम परशु तिमल्सिनाले संचालन गरेका थिए ।

केसी डान्स सेन्टरका संस्थापक नविन केसी तथा लुना श्रेष्ठले हरेक पाईला पाईलामा साथ सहयोग, माया, सल्लाह सुझाव, हौसला दिनु हुने कलाकारहरु, दर्शक,संघ संस्थाहरु,अभिभावक प्राविधिज्ञहरु, प्रायोजकहरु, संचारकर्मी सबैलाई धन्यवाद दिएका छन ।

प्रतिक्रिया