आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०४:१०
वासिङटन डिसी 17:25

टेक्ससको दशैँ कप भकुण्डो प्रतियोगिता सम्पन्न ,नेपालका पूर्व राष्ट्रिय खेलाडी बसन्त थापा सम्मानित

इनेप्लिज २०७७ कार्तिक ५ गते २२:५० मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा ९ औ दशैं कप भकुण्डो प्रतियोगिता भव्यताको साथ सम्पन्न भएको छ । उक्त यस बर्ष नेपालका पूर्व राष्ट्रिय खेलाडी बसन्त थापालाई सम्मान गरिएको छ ।

थापा उक्त खेलका प्रमुख अतिथि रहेका थिए भने उनि हाल फ्लोरिडामा बस्दछन । थापा नेपालमा मनाङ्ग मर्स्याङ्गदी क्लबमा लामो समय खेलेका र नेपालको राष्ट्रिय टोलीमा अग्रपंक्तिका खेल्ने चर्चित खेलाडी हुन् ।

नवौ दशैं कप भकुण्डो प्रतियोगिता गत अक्टोबर १७ शनिबारका दिन समापन गरियो । उक्त प्रतियोगिता डिएफडब्लु हिमालयज एफसी बिजयी भएको छ भने उप बिजेता ड्यालस एवरेस्ट भएको छ ।

यसै गरि ३५ बर्षका माथि उमेरको खेलमा ड्यालस गोर्खा एफसी बिजयी भएको छ भने उप बिजेता बेल्टलाइन टाईगर्स भएको छ । हरेक बर्ष खेलकुद क्षेत्रमा बिशेष योगदान गर्नु हुने एक खेलाडीलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत बसन्त थापालाई यस बर्ष सम्मान गरिएको हो ।

बिगतमा नेपालका पूर्व राष्ट्रिय खेलाडी प्रशान्त गिरी ,देव नारायण चौधरी ,सुनिल तुलाधरलाई सम्मान गरि सकिएको छ । कोरोनाको महामारीमा पनि बिगत बर्ष झैँ यस प्रतियोगितालाई निरन्तरता दिइएको छ ।

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा बिगत ९ बर्ष देखि संचालनमा रहेको यस बर्ष नवौ दशैं कप भकुण्डो प्रतियोगिता १ दिन मात्र गरिएको थियो ।

नवौ दशैं कप भकुण्डो प्रतियोगिताको आयोजक ड्यालस गोर्खाज फुटबल टिम(भकुण्डो टोली) रहेको छ । हरेक बर्ष नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा दशैँ अगाडी आयोजना गरिन्छ ।

बिजयी हुने समूहलाई नगद तथा पुरस्कार समेत गरेर कुल ५ हजार डलरको व्यवस्था गरिएको थियो । उक्त दशैँ भकुण्डो प्रतियोगितामा ३५ बर्ष माथिका खेलाडीहरुको पनि प्रतियोगिता राखिएको थियो ।

३५ बर्ष भन्दा माथि उमेरको टोलि बिजेताले १ हजार डलर र उप बिजेताले ५ सय डलर प्राप्त गरेका छन् । अर्को समूहका खेलमा बिजेताले २ हजार ५ सय डलर नगद तथा पदक तथा उप बिजेताले १ हजार डलर नगद तथा पुरस्कार प्राप्त गरेका छन ।

यो प्रतियोगिता ५ का बिरुद्ध ५ अर्थात् ५ भर्सेज ५ शैलीमा खेल खेलाईएको थियो ।

प्रतिक्रिया