प्रदेश नं १ मा आज ५१३ कोरोना सङक्रमित थपिए

इनेप्लिज २०७७ कार्तिक ५ गते २२:०३ मा प्रकाशित

विराटनगर,५ कात्तिक।प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ५१३ जना कोरोना सङक्रमित थपिएका छन्।उक्त अवधिमा गरिएको १ हजार ८८७ जनाको पीसीआर परीक्षणमा २३० महिला र २८३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सङक्रमितहुनेहरुमा विराटनगरमा १६२ सहित मोरङमा २३०, सुनसरीमा १८३, झापामा ७१, धनकुटामा ११,उदयपुरमा सात, इलाममा तीन,पाँचथरमा दुई र प्रदेश बाहिरका छ जना रहेका छन्।

प्रदेशमा आज २८ जना सङक्रमित निको भै घर फर्केका छन् अहिलेसम्म निको हुनेहरुको सङख्या छ हजार २०८ पुगेको छ।प्रदेशमा हालसम्म एक लाख ५० हजार ७५१ जनाको पीसीआर परीक्षण सम्पन्न भैसकेको मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया