पत्रकारलाई दशैँ भत्ता

दीपक पन्त २०७७ कार्तिक ५ गते २१:४८ मा प्रकाशित

दशैं भित्रिए सँगै हिजो आज नेपाली मिडियामा दशैँ सँग जोडिएर आउने हरेक कुराको चर्चा परिचर्चा हुन् थालेको पाइन्छ । खगोलीय मान्यता अनुसार मलमासको कारणले यस बर्षको दशैँ सोर्ह्र श्रार्द्ध लगत्तै हुन नसकी झन्डै एक महिना पछि शुरु भएको छ ।

कोरोना संक्रमणको सन्त्रास र अत्यास लाग्दो परिस्थितिले यस बर्षको दशैँ आम जन मानिसको लागि त्यति उत्साह प्रदक देखिदैन । तथापि सामाजिक/धार्मिक मान्यताका कुराहरुमा समयानाकुल सुक्ष्म/ सुक्ष्म रुपले परिमार्जित हुँदै आए पनि अझैँ केहि कुराहरु बिशेष अबस्थामा पनि निरन्तरता दिदै आइ रहेको पाइन्छ ।

वली प्रथाका अलावा दशैँ /तिहार बिशेष भड्कालु खर्चहरुले दशैँ एक पारिबारिक मिलनकाअलावा अग्रजहरु लाई सम्मान दिने /आसिर्बाद लिने मात्र रुपमा रहेन । यहिँ भड्किलो खर्च ब्यबस्थापन गर्न होला शायद पंचायत कालिन राज्य ब्यबस्था देखि लोकतान्त्रिक गणत्रात्मक राज्य सम्म आइपुग्दा पनि यो “दशैँ भत्ता” को राहत कायम नै रहेको देखिन्छ ।

भर्खर सांसदहरुको दशैँ भत्ता वितरणका सन्दर्भमा जनस्तरमा उठेका यक्ष प्रश्नहरुको गति निस्तेज नहुदै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री तथा प्रभावशाली नेता शशांक कोइरालाको सचिवालयले पत्रकारहरु लाई वितरण गरेको दशैँ भत्ताको समाचारले अखबारका पानाहरू रंगिएका छन ।

अव प्रश्न उठ्छ ? के पत्रकारहरुले दशैँ खर्च लिनै नहुने हो ? पत्रकार हरुलाई दशैँ खर्च दिनै नहुने हो त ? आम सर्ब साधारणलाई यो बिषय बहसको बिषय बनेको छ । आम पत्रकार र पत्रकारिता पेशालाई लाई रास्ट्रले चौथो अंगको संज्ञा दिए पनि के चौथो अंगको सेवा सुबिधाको कुनै अधिकार/निकायको ब्यबस्थापन गरेको छ ?

राज्यका प्रायस : सबै अंगहरु कर्मचारी,सेना,पुलिस, कार्यपालिका ,व्यबस्थापिका,न्यायपालिका अलावा सम्पूर्ण संवैधानिक नियुक्तिका पदहरुमा उपलब्ध गराइने दशैँ भत्ता उनैका दैनिक नियमित कार्यहरु जनस्तर सम्म पुर्याउने पत्रकार लाई उपलब्ध छ ? कसैको चासो र बहस बनेको छ ? त्यस बिषयमा सरोकार पक्षको चासो र जिम्मेबारी कत्तिको देखिन्छ त ? प्रश्न गम्भीरअनि बिचार योग्य रहेको छ । आम पत्रकारिता क्षेत्रमा संघर्षशील रहेका संचार कर्मीहरुको दैनिकी कसरी चलेको छ ? त्यो बिषयमा सर्व साधारण नागरिक कत्तिको जानकार छ ?

यथार्थमा भन्नु पर्दा स्थापित भएका केहि मिडियाहरुमा काम गर्ने संचार कर्मीहरु र नियमित स्तम्भ लेखनमा स्थापित भइ सकेका लेखकहरुका अलावा आम संचार क्षेत्रमा कार्य गर्ने समुहहरुको आर्थिक पाटो दयनीय अबस्थामा देखिन्छ ।

यो अबस्थामा पत्रकारहरु पनि समाजका अंग नै भएकाले उनि हरुको सामाजिक /आर्थिक पक्षमा राज्यले भूमिका खेल्नु बान्छनीय देखिन्छ । तब मात्र पेशागत मर्यादा /धर्म र पत्रकारिता बाच्न सक्छ । बचाउन सकिन्छ | अन्यथा अखबारमा आए जस्तै दशैँ राशन पानीको ब्यबस्था गर्ने तर्फपत्रकारिता उन्मुख हुन् सक्छ।

बहुदलीय ब्यबस्था आगमन संगै मौलाएको पत्रकारिता आरम्भ देखि नै आर्थिक पाटोमा स्थापित भएको देखिदैनथ्यो । दशैका नाममा अनाबस्यक शुभकामना वितरण गर्दै पत्रकारिता टिकाउनेराज्यको नीति थियो ।

यसको अलावा पेशागत मुल्य मान्यता पारिश्रमिकको ब्यबथापनमा राज्य कहिल्यै लागेको अनुभूत देखिएन । कुनै पनि दलका कार्यालय होस् वा सरकारी कार्यालय सबैले दशैमा पत्रकार मित्रहरुको दशैँ खर्चको जोहो गरि दिने यो कटु सत्यता पुरानै चलन चल्ती हो । यो मामिलामा बल्खु दरबार देखि सानेपा दरबार र पेरिस डाँडा देखि सिंह दरबार सम्म कोहि अछुतो छैन । फरक यत्तिहो ,अहिले शशांक दरबार चर्चामा आयो । नेपथ्यमा नारायणहिटी तथा अन्य धेरै दरबार हरुबाटदशैँ भत्ता बाड्ने र बढाउने कार्य नियमित नै भएको देखिन्छ ।

अब प्रश्न उठ्छ यो कार्य कत्तिको उचित हो त ?

निश्चय नै “नुन चाटे पछि जिब्रो नुनिलो हुने” कुरामा दुइमत देखिन्न । यस्ता हर्कतले पेशागतमर्यादामाआँच आउने सत्यतालाई नकार्न सकिदैन । त्यसो भन्दैमा भोको पेटले “महाभारत” पनिपढ्न सकिदैन ।

हाम्रो कुरा डटकमका स्तम्भकार रश्मी कडरिया जो वास्तविक जीवनमा एक पत्रकार कै जीवनसंगिनी हुन् | उनको एक लेखमा आम नागरिकलाई प्रश्न थियो | म पत्रकारको श्रीमती हुँ भनि किन गर्व नगर्ने ? किन म पुलिस अफिसरको श्रीमती हुँ , म सचीबको श्रीमती हुँ , म सफल व्यवसायीको श्रीमती हुँ भन्ने मात्र सुन्नु पर्ने ? बास्तबमा यो प्रश्नले आम पत्रकारितामा लागेका हरेक परिवारलाई एक पटक सोच्न बाध्य बनाइ दिएको थियो । र त्यो लेख केहि समय अघि भाइरल पनि भएको थियो।

सारमा भन्नु पर्दा पत्रकार पनि यहि समाजको अंग भएकाले उनीहरुका पनि पेशागत धर्म का साथै व्यक्तिगत /सामाजिक जीवन हुन्छ । ति सबै सम्बन्धहरु चलायमान बनाउन पर्ने आबस्यक पर्नेकुरामा राज्यको नीति नै स्थापित गरिनु पर्दछ ।

अन्यथा एक थकित ,स्खलित पत्रकारले पेशागत धर्ममा अडिक रही रहन सक्दैन । यस्तो अबस्थामा धेरै पत्रकारका नाममा लगाइने कोटी होममा टीका थाप्न कुनै पत्रकारको निधार खाली होला भन्ने कल्पना गर्न सकिदैन । फरक यत्ति हो ,कोहि सिसौको कालो टिका थाप्लान त कोहि सिमलको पहेलो ?

दीपक पन्त ,मिल्वाकी,अमेरिका

प्रतिक्रिया