सिएहरुबिच  प्रतियोगिता

इनेप्लिज २०७७ कार्तिक ५ गते १३:५१ मा प्रकाशित

काठमाडौ । चार्टड एकाउन्ट (सिए) हरु बिच लकडाउनमा भएको निवन्ध प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम आज सम्पन्न भएको छ ।
कोरना कहरका कारण सिंगो संसार घर भित्र लडकाउनमै रहेको बेला घोष्ट राईटिंङ् नेपाल , नेपाल चार्टड एकाउन्ट संघ र हसि फाउन्डेशनले संयुक्त रुपमा सिएहरुको लागि बृहत शान्तिको लागि लेखा ब्यबसायिको भुमिका बिषयमा निवन्ध प्रतियोगिता आयोजना गरेको थियो ।
कार्यक्रममा सहभागी निवन्धमा प्रथम रुपा सिंघाचि अग्रवाल , द्वितीय तिर्थराज अर्याल , तृतिय मदन अर्याल , चतुर्थ श्रीदेवी अर्याल हुनु भएको छ ।
लेखन बृत्ति पुरस्कार अन्तर्गत रहेकोले पुरस्कृत सबैले किताब पुरस्कार पाउने आयोजक संस्था हसि फाउन्डेशनका अध्यक्ष हरि कुमार सिलवालले बताउनु भएको छ । त्यसमा त्यति नै रकम थपेर पुन चार्टड एकाउन्ट संघले पुरस्कार दिने संघका अध्यक्ष आनन्द राज शर्मा वाग्लेले बताउनु भयो ।
कार्यक्रममा प्रथमले अब बीस हजार , द्वीतियले १५ हजार , तृतीयले १० हजार र चतुर्थले पाँच हजार बराबरको पुस्तक उपहार पाउनु हुने भएको छ ।
कार्यक्रममा निर्णायक मण्डलका तर्फबाट भिष्म उप्रेतीले प्रथम र द्वितीयको घोषणा र शुभकामना दिनु भएको थियो भने तृतीय र चतुर्थ निर्णायक मण्डलकै डा गीता त्रिपाठीले घोषणा गर्नुका साथै शुभकामना ब्यक्त गर्नु भएको थियो ।
आयोजक संस्थाका तर्फबाट घोष्ट राईटिङ नेपालका अध्यक्ष कमल ढकालले कार्यक्रम प्रत्येक बर्ष हुने र प्रतियोगि सबैको पुस्तक निकालिने बताउनु भएको थियो । प्रतियोगितामा सहभागि सबैलाई निवन्धको एक हप्ते सिर्जनात्मक लेखन प्रशिक्षण दिइने पनि बताइएको छ ।
पुरस्कृत रुपा सिंघाचि अग्रवाल , तिर्थराज अर्याल , मदन अर्याल , श्रीदेवी शर्माले आफुहरुले निवन्ध भनेर स्कुल लाइफमा लेखेको र एकै पल्ट यो लकडाउनमा शान्ती बिषयमा निबन्ध लेखेर पुरस्कृत भएकोमा खुशी ब्यक्त गर्नुभएको छ ।
कार्यक्रम वेभिनार मार्फत भएको थियो । कार्यक्रमको सन्चालन सन्जिता नेपालले गर्नु भएको थियो ।

प्रतिक्रिया